Play

कोटीहोममा विभिन्न राजनीतिक दलका नेता र जनप्रतिनिधि सहित प्रशासकहरु, राधिका दासीको प्रवचन शुरु

गुरुकुल खबर


पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञानमहायज्ञमा विभिन्न राजनीतिक दलका नेता एबम जनप्रतिनिधि र कर्मचारीहरु आउने क्रम जारी छ। कोटीहोममा शनिबार पानि विभिन्न राजनीतिक दलका नेताहरु सहित जनप्रतिनिधिहरु र प्रशासक सहित विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तित्वहरु सहभागी भए कोटीहोममा सहभागी हुने अधिकांशले व्यक्तिगत एबम संस्थागत रुपमा आर्थिक सहयोग अर्थात दान गरेको थिए।

छिमेकी मुलुक भारतको गोरखपुर नगर निगम (नगरपालिका) का प्रमुख डा. मंगलेश कुमार श्रीवास्तव समेत सहभागी भए। उनि कोटीहोममा सहभागी हुन भारतबाट पोखरामा आएका हुन। उनले कोटीहोमको व्यवस्थापन र विभिन्न अनुष्ठानहरु अत्यन्त सुन्दर र धार्मिक दृष्टिकोणले पनि राम्रो रहेको आफूले पाएको बताए । सनातन धर्मको महत्व रहेको कुराको चर्चा गर्दै उनले भने, जसले श्रीमद्भागवत सुन्छ, उसका सबै पाप नाश हुन्छन भन्ने मान्यता समेत समाजमा कायम रहेकोले कोटीहोम आएर भागवत कथा सुन्न भक्तजनलाई उनले आग्रह गरे ।

शनिबार नै कोटीहोम पुगेका नेपाल सरकारका पुर्ब उपप्रधानमन्त्री एबम नेपाली काँग्रेसका पुर्ब उपसभापति गोपालमान श्रेष्ठले पोखरामा आयोजना गरिएको एतिहासिक कोटीहोमको महत्व निकै ठूलो हुने र यसले नेपालमा धार्मिक पर्यटक बढाउन महत्वपूर्ण योगदान पुग्ने बिश्वास ब्यक्त गरे । सनातन धर्म र संस्कृति संरक्षणमा पोखराले निकै राम्रो अवसर पाएको भन्दै कोटीहोमका संकल्पकर्ता बिजयकृष्ण मुर्तीको समेत प्रशंसा गरे ।

नेपाली काँग्रेसका पुर्ब कार्यबाहक सभापति समेत रहेका श्रेष्ठसंगै कास्की कांग्रेसका नेताहरु बिरेन्द्र नारायण बिजुक्छे, ऋषि काफ्ले, किशोरदत्त बराल लगायत पनि कोटीहोम पुगेका थिए । नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति एबम गण्डकी प्रदेशका पुर्ब मन्त्री मेखलाल श्रेष्ठ र नेपाली काँग्रेस गण्डकीका महामन्त्री एबम पूर्व प्रदेश सांसद बिष्णु लामिछाने लगायतका नेताहरु पनि शनिबार कोटीहोम पुगेका थिए

कोटीहोममा पुग्नेमा नेकपा एमालेका नेता समेत रहेका कास्की क्षेत्र न. ३ का संघिय सांसद दामोदर पौडेल बैरागी पनि रहेका छन उनिसंगै नेकपा एमालेको विभिन्न तहका नेता कार्यकर्ताहरु समेत शनिबार कोटीहोम पुगेका थिए यसका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द, मुक्तिक्षेत्र बराह गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, शसस्त्र प्रहरीका उपरिक्षक सुर्य प्रसाद तिमिल्सिना, मुक्तिनाथ बाहिनीका प्रहरी उपरिक्षक प्रेम सिग्देल सहितका अन्य प्रहरी अधिकृतहरु, पशुपति विकास कोषका कानुनी सल्लाहकार रहेका बरिष्ठ अधिबक्ता गणेश केसी र वरिष्ठ अधिवक्ता राजु बस्नेत, पर्वतारोही माया गुरुङ लगायत विभिन्न संघसंस्थाका प्रमुख एबम प्रतिनिधिहरु कोटीहोममा सहभागी बनेका थिए ।

राधिका दासीको प्रवचन शुरु, भक्तजनको उपस्थिति उल्लेखनीय 

कोटीहोममा शनिबार देखि भागवत मन्जरी राधिका दासीले भागवत कथा बाचन शुरु गरेकी छन् उनको प्रवचन सुन्न पोखरा र पोखरा बाहिरबाट पनि ठुलो संख्यामा भक्तजनहरु कोटीहोममा सहभागी भएका थिए । पोखरा लगायत गण्डकी प्रदेशमा सार्बजनिक यातायात ब्यबसायीले यातायातका साधन बन्द गरेको भएपनि कोटीहोममा पुग्ने भक्तजनको संख्यामा खासै कमि देखिएन कोटीहोममा पुग्ने सर्बसाधारणको संख्या शनिबार पनि उल्लेखनीय रहेको थियो ।

शनिबार बिदाको दिन समेत परेको र राधिका दासीको प्रवचन हुने जानकारीसंगै कोटीहोम पुग्ने सर्बसाधारणको संख्या बढेको बताइएको छ ।’
यातायात व्यवसायीको आन्दोलन चलिरहेको भएपनि आइतबारदेखि कोटीहोमको व्यानर गाडीमा टाँसेर आएमा आन्दोलनकारीले कुनै अवरोध नगर्ने बुझिएको छ।

शनिबारदेखि श्रीमद्देवी भागवत प्रवचन शुरु गरेकी राधिका दासीले जेठ २६ गतेसम्म प्रवचन दिनेछिन् । राधिका दासीले आज संसारको सबै तीर्थ पोखरामा भएको बताइन् । उनले भनिन्, ‘मुक्तिनाथलाई शिरमा, गुप्तेश्वरलाई समीपमा, ताल बाराही माताको काँखमा बसेर दिनहुँ करोड हवन चलिरहेको ठाउँमा बसेर श्रीमद्भागवत कथा सुन्न पाउनु हामी सबैको अहोभाग्य हो ।’ यस्तो पुण्य अवसर कहीँ, कहिल्यै नआउने उनको भनाई थियो । उनले धर्मले सिकाएको बाटोमा हामी सबै हिंड्नुपर्ने भन्दै धर्म छोडिएमा अनर्थ हुने र धेरै दुःख पाइने बताएकी थिईन ।

यहि जेठ २६ गते सम्पन्न हुने कोटीहोम महायज्ञ अन्तर्गत जेठ २४ गते २१ करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

सम्बन्धित समाचार ..

गण्डकी कोटीहोममा देबी प्रतिभाको बिदाईसंगै राधिका दासीको आगमन, भक्तजनको संख्या बढ्दै

गण्डकी कोटीहोममा आएका भक्तजनको संख्या १२ लाख बढी, टाढाटाढाबाट आउने क्रम बढ्दो छ- आयोजक

गण्डकी कोटीहोममा: अन्नपुर्णका जैसी र उपाध्यायबाट आठ रोपनी बढी जग्गादान, स्व. केसीको नामबाट दुईलाख दान

 

गण्डकी कोटीहोममा भजन प्रतियोगिता: १ सय ५४ समुहको प्रस्तुती सकियो, जिल्ला जिल्लाको भजनले दर्शकहरु आकर्षित

गण्डकी कोटीहोम: धार्मिक अनुष्ठानसंगै मानबिय, सेवामुलक र सामाजिक कामलाई निरन्तरता दिने क्रम जारी

 

पोखरा कोटीहोम: शंकराचार्यको आगमन, भक्तजनको उपस्थिति उल्लेख्य, दर्जनौं संचारकर्मीलाई सम्मान

 

१७ जेष्ठ २०८२, शनिबार २३:१९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा