Play

काठमाडौँमा राजाबादीहरुको अनिश्चितकालिन आन्दोलन, पहिलो दिनमै उल्लेखनीय सहभागिता

समुन्नत राष्ट्र र सार्थक प्रजातन्त्रको पक्षमा नबिन समझदारी गरौँ - नबराज सुबेदी


गुरुकुल खबर


काठमाडौँ,  राजावादी समूहले बिहीबार काठमाडौँमा गरेको प्रदर्शन करिब शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । राजतन्त्र फर्काउने उद्देश्यका साथ राजावादी समूहले बिहीबारदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेकोमा पहिलो दिनमा नै राजाबादीहरुको उपस्थिति उल्लेखनीय देखिएको थियो ।

जसअनुसार पहिलो दिनको प्रदर्शन राजधानीको शान्तिबाटिका क्षेत्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको राप्रपाका प्रवक्ता सगुन लावतीले बताए । उनले आन्दोलन निरन्तर हुने जानकारी दिँदै आज पहिलो दिनको आन्दोलनमा संयुक्त जनआन्दोलन समितिका संयोजक  नवराज सुवेदीसहित विभिन्न राजावादी दल र संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको बताए ।

राजावादीहरू छाता र राष्ट्रिय झन्डासहित सडकमा आएका थिए । सो क्रममा उनीहरुले राजतन्त्रको पक्षमा अनि बर्तमान सरकार र प्रमुख दलका प्रमुख नेताहरु बिरुद्ध चर्का नाराबाजी गरेका थिए ।

यसैबीच राजसंस्था पुन: स्थापनका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले राष्ट्र, राष्ट्रियताको पक्षमा सबै नेपाली एक ठाउँ उभिनु जरुरी भएको बताएका छन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले संयुक्त जनआन्दोलन समितिले सबै विचार र संस्था अट्ने, कसैप्रति निषेध र दूरभाव नहुने गरी नवीन समझदारीको प्रस्तावना गरेको उल्लेख गरेका छन् । भावी सन्ततिका लागि कस्तो नेपाल छाडेर जाने भन्ने प्रश्न भएको बताउँदै विज्ञप्तिमा दलीय र समूहगत स्वार्थभन्दा माथि उठ्न आह्वान गरिएको छ ।

विज्ञप्तिमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसमेतका राजनैतिक दललाई सबल र समुन्नत राष्ट्र तथा सार्थक प्रजातन्त्रको पक्षमा एकजुट उभिन अनुरोध समेत गरिएको छ ।

१५ जेष्ठ २०८२, बिहीबार १७:०५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा