Play

टाइगर कप खुल्ला भलिबल प्रतियोगिताबाट २१ लाख बढी बचत, डेढ करोड बढी खर्च

गुरुकुल खबर


पोखरा,  एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट आयोजकले २१ लाख रुपैयाँ बचत गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबाट २१ लाख १ हजार ६ रुपैयाँ बचत गरिएको जानकारी दिएको हो ।

संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगिताबाट १ करोड ७१ लाख ८९ हजार आम्दानी भएकामा १ करोड ५० लाख ८८ हजार खर्च कटाई उक्त रकम बचत भएको जानकारी दिए । आयोजकले आम्दानीतर्फ टिकटबाट मात्र ५७ लाख ३९ हजार ४४६ रुपैयाँ आम्दानी गरेको अध्यक्ष शर्माले जानकारी दिए । यस्तै मुख्य प्रायोजक एनसेलले १७ लाख, सहप्रायोक सुश्री मिडिया प्रालिले १६ लाख, प्रदेश खेलकुद परिषद् गण्डकी र पोखरा महानगरपालिकाले १०/१० लाख रुपैयाँ दिएको थियो ।

पुरस्कार तथा प्रोत्साहनमा मात्रै २२ लाख ३९ हजार खर्च गरेको छ । सहभागी टिम तथा यातायातमा नेपाली टिमतर्फ २४ लाख १० हजार र विदेशी टिमतर्फ ३५ लाख १७ हजार खर्च गरको छ ।

संस्थाका अध्यक्ष शर्माले बचत बचत सामाजिक सेवामा समर्पित तथा स्वास्थ्य, शिक्षा एवं खेलकुद अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए । यसपालि संस्थाले प्रदेश खेलकुद परिषद् गण्डकीलाई खेलाडी कल्याणकारी कोषका लागि १ लाख ५० हजार प्रदान गरेको उनले जानकारी दिए।

प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल कोर्टमा गत माघ १२ देखि २० सम्म चलेको थियो । उक्त प्रतियोगितामा भारत र थाइल्यान्डको टिमसहित पुरुषतर्फ ६ र महिलातर्फ ६ टिमले भाग लिएका थिए । नेपाल भलिबल संघको संयोजनमा भएको प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखराले उपाधि जितेको थियो ।

१४ जेष्ठ २०८२, बुधबार २१:०५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा