Play

अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सम्पन्न

गुरुकुल खबर


हेमजा(पोखरा), कास्कीको पोखरा महानगरपालिका वडा न.२५ हेमजामा हेमजा यूनाइटेडको आयोजनामा जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको क्वाटर फाइनलका खेलहरु बुधबार सम्पन्न भएका छन।

वुधवार भएको वडा न.१३ र १५ विचको अन्तिम क्वाटर फाइनलको खेलमा र्निघारित समयमा दुवै टिमले नतिजा निकाल्न नसक्दा खेल ट्राइवेकरमा परिणत भयो । जस्मा वडा न. १५ ले वडा न.१३ लाई ३–२ को गोल अन्तरले पछि पार्दै सेमिफाइनल प्रवेश गरेको हो । जितका लागि वडा न १५ का जर्सी न.१० का अशोक लामा, जर्सी न.८ का रोसन सुनवार र जर्सी न.११ का प्रदिप श्रेष्ठले १÷१ गोल गरेका थिए । वडा न. १५ का जर्सी न.१ का बलराम खत्री उक्त खेलको म्यान अफ दि म्याच घोषित भए ।

विहिवार सेमिफाइनलको पहिलो खेल आयोजक वडा न.२५(निलो) र वडा न.१ विच हुनेछ । दोस्रो सेमिफाइनल खेल वडा न.१५ र वडा न. ५ विच विहान ठिक १०ः०० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए ।

युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १११ र उप–विजेताले नगद रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी प्रदान गरिने जानकारी दिए ।

जेष्ठ १७ गते सम्म चल्ने उक्त प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहको सहभागिता रहेको छ । पोखरा महानगरपालिका तथा वडा न- २५ को संरक्षणमा प्रतियोगिता आयोजना गरिएको हो ।

१४ जेष्ठ २०८२, बुधबार २०:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा