Play

कस्केलीहरुको विश्व सम्मेलन युएईमा हुँदै, सम्मेलन सफल पार्न विभिन्न उपसमितिहरु गठन

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाबाट विभिन्न पेशा र ब्यबसायको शिलशिलामा विभिन्न मुलुकमा पुगेका कस्केलीहरुद्वारा गठन गरिएको संस्था कास्की आदर्श समाजको विश्व सम्मेलन आगामी सेप्टेम्बरको पहिलो साता युएईमा हुने भएको छ। विश्वसम्मेलनको लागि आबश्यक तयारी समेत शुरु गरिएको छ यसै सन्दर्भमा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको कार्यसमितिको बैठक हालै सम्पन्न भयो ।

बैठकमा परिषदका अध्यक्ष शिब बानियाले विश्वका सबै मुलुकमा रहेका कस्केलिहरुलाई सम्मेलनमा सहभागिता जनाउन आव्हान गर्दै आफ्नो जन्मस्थल कास्कीको बिकासको लागि र संसारको विभिन्न कुनामा रहेका कस्केलीहरुको हितको लागि सम्मेलनले उपयुक्त निर्णय गर्दै महत्वपूर्ण घोषणापत्र जारी गर्ने बताए ।

बैठकले विश्व सम्मेलन सम्पन्न गर्नको लागि विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय गरेको छ। सम्मेलनको मूल आयोजक समिति अन्तराष्ट्रिय समन्वय परिषद नै रहेपनि स्थानीय संयोजनको जिम्मेवारी भने कास्की आदर्श समाज युएईलाई दिईएको छ। सम्मेलनको लागि आथिक उपसमितिको संयोजकमा संस्थाका प्रमुख संरक्षक सिता बराल र बिभिन्न मुलुकमा रहेका समाजका प्रतिनिधिसंग सम्पर्क गर्न अन्तरदेशीय संयोजन उपसमितिको संयोजकमा संस्थाका बरिष्ठ उपाध्यक्ष बिशाल ढुंगाना तथा सदस्यहरुमा सुर्यमोहन तिवारी, नबिन पौडेल, बीश्व सुबेदी र राजेन्द्र गौतमलाई सदस्य राखिएको छ।

संस्थाको विश्व सम्मेलनका सम्बन्धमा विभिन्न संचार माध्यमसंग समन्वय गरि सम्मेलनका गतिबिधिहरु प्रकाशन प्रशारण गर्नको लागि संस्थाका प्रेस सल्लाहकार गंगाधर पराजुलीलाई मिडिया संयोजक तोकिएको छ भने सम्मेलनको लागि आबश्यक पर्ने विभिन्न सामग्री प्रकाशन सहित प्रचार प्रसारको लागि संस्थाका उपाध्यक्ष सन्तोष तिमिल्सिनालाई संयोजक एबम प्रबक्ता रमेश खत्रीलाई सहसंयोजक तोकिएको छ। उक्त समितिमा आबश्यकता अनुसार अन्य सदस्यहरु राखिने भएको छ।

यसैगरी सम्मेलनमा हुने सांस्कृतिक कार्यक्रमको लागि चोलेन्द्र पौडेललाई सांस्कृतिक संयोजक र सम्मेलनस्थलको भौतिक पुर्वाधार ब्यबस्थापनको लागि संस्थाका सल्लाहकार भुवानी प्रसाद तिमिल्सिना संयोजक तोकिएको छ भने यातायात ब्यबस्थापनको लागि निबर्तमान पदेन सदस्य शिबकुमार श्रेष्ठलाइ संयोजक तोकिएको छ ।

यसैगरी अतिथि सत्कारमा संस्थाका सल्लाहकारहरु गुणशेखर पौडेल, मनोज कुमार सैंजु, निबर्तमान सल्लाहकार पुष्पराज अधिकारी, राजेश श्रेष्ठको साथै युएई समितिमा रहेका महिला पदाधिकारी र महिला समितिका सदस्यहरुलाई राख्ने निर्णय बैठकले गरेको छ। सम्मेलनको घोषणापत्र तयारी समितिको संयोजकमा परिषद्का महासचिब केदार कुँवर एबम सदस्यहरुमा उपमहसचिब इन्द्रकमल राजभाट र सचिब राजेश सुबेदीलाई चयन गरिएको छ।

अन्तराष्ट्रिय समन्वय परिषदका महासचिब केदार कुँवरले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार विश्व सम्मेलन सल्लाहकार समितिमा संस्थाका सबै संस्थापकहरु र संरक्षक एबम सल्लाहकारहरुलाई राखिएको छ। मध्यपुर्बका विभिन्न मुलुकमा संयोजनको जिम्मेवारी संस्थाका मध्यपूर्व संयोजक नबिन पौडेललाई दिईएको छ। सम्मेलनमा विभिन्न मुलुकमा क्रियाशील विभिन्न सामाजिक संघ संस्थाहरुको समेत सहभागिता रहने बताइएको छ ।

बैठकमा संस्थाका उपाध्यक्ष समेत रहेका विश्व सम्मेलन कार्यक्रमका संयोजक विकास शाहीले सम्मेलनको तयारी स्वरूप हाल सम्म भएका बिबिध गतिविधिहरुको बारेमा जानकारी गराएका थिए। उनले संस्थाका बिभिन्न उपसमितिहरुलाई सक्रिय बनाउने र सहभागीहरुको नामावली र संख्या एकिन गरेर आवास एबम टिकट बुकिंगको ब्यबस्थापन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

बैठकमा अध्यक्ष बानिया सहित उपाध्यक्षहरु प्रदिप अधिकारी, सन्तोष तिमिल्सिना, बिकास शाही, महासचिब केदार कुँवर, उपमहसचिब इन्द्रकमल राजभाट, प्रबक्ता रमेश खत्री, कोषाध्यक्ष बिकास अधिकारी, सहकोषाध्यक्ष दिपक थापा, युरोप संयोजक राजेन्द्र गौतम, केन्द्रीय सदस्यहरु गंगादेबी शर्मा, देबेन्द्र गिरि सहित कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापा, युएईका अध्यक्ष शिबराज बस्टाकोटी, डेनमार्कका अध्यक्ष मंगल बहादुर परियार, अमेरिकाका अध्यक्ष डम्बरजंग गुरुङको साथै सल्लाहाकार रिता गुरुङ सहभागी रहेको र सम्मेलन सफल पार्न सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिएको महासचिब कुँवरले जानकारी दिए ।

८ जेष्ठ २०८२, बिहीबार १४:१८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा