Play

नेपाल बाहिरबाट आएका कास्की आदर्श समाजका अगुवाहरुसंग पोखरामा भेटघाट र छलफल

गुरुकुल खबर


 पोखरा, कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् तथा कास्की आदर्श समाज नेपालले संयुक्त रुपमा पोखरामा स्वागत तथा भेटघाट र बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरे । अघिल्लो साता पोखराको मालेपाटनस्थित कास्की आदर्श समाज नेपालको कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेपाल बाहिरबाट आएका संस्थाको विभिन्न जिम्मेवारीमा रहेका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

लामो समयदेखि अमेरिकामा रहेका र हाल नेपालमा आएका कास्की आदर्श समाजका संस्थापक एबम निबर्तमान संरक्षक विश्व बरालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अमेरिकाबाट आएका संरक्षक विश्वराज बाँस्तोला, जापानबाट आएका शिबप्रसाद पौडेल, क्यानाडाबाट आएका किस्मत भण्डारी, नेदरल्याण्डबाट आएका संस्थाका प्रमुख सल्लाहकार हिमाल गुरुङ लगायत अतिथिको रुपमा सहभागी थिए ।

सोहि समारोहमा सम्पन्न गैर आवासिय नेपाली संघको केहि साता अगाडी काठमाडौँमा सम्पन्न एकता महाधिवेशनमा उत्तरदक्षिण अमेरीकाको क्षेत्रीय उप-संयोजक पदमा निर्बिरोध निर्वाचित भएका संस्थाका संरक्षक विश्वराज वास्तोलालाई बधाई सहित शुभकामना प्रकट गरिएको थियो। सोहि अबसरमा संस्थाको कार्यालयको साइनबोर्ड निर्माणका लागि बाह्र हजार रुपैया संस्थाका संरक्षक बास्तोलाले नेपाल च्याप्टरका अध्यक्ष विश्वबन्धु थापालाई  हस्तान्तरण गरेका थिए।

यसैगरि सोहि कार्यक्रममा संस्थाको वेबसाइट निर्माणको लागि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संस्थाका संस्थापक विश्व बरालले कार्यक्रमका  संस्थाका उपाध्यक्ष तिमिल्सिनालाई हस्तान्तरण गरेका थिए। सोही समारोहमा प्रमुख अतिथि बरालले उपाध्यक्ष तिमिल्सिना, नेपाल अध्यक्ष विश्वबन्धु थापा लगाएत साँस्कृतिक टिमलाई संस्थाको आजिवन सदस्यताको परिचय पत्र समेत हस्तान्तरण गरेका थिए।

अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सन्तोष तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की आदर्श समाज नेपालकी वरिष्ठ उपाध्यक्ष पुजा गिरिले अतिथि एबम सहभागीलाई स्वागत गरेकी थिइन भने कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापाले कार्यक्रम संचालनगरेका थिए कार्यक्रममा सल्लाहकार प्रकाश लाल श्रेष्ठ, सँस्थापक युवा संयोजक गणेश थापा, सचिव पुजा शाहठकुरी, साँस्कृतिक संयोजक चोलेन्द्र पौडेल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका अध्यक्ष तुलसा क्षेत्री, लोकगायिका पार्वती जिसि, लोकगायक रामजी पौडेल र संस्थाको नेपाल समितिको कोषाध्यक्ष शिव गिरी लगायत सहभागी थिए।

यसैबीच अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शिब बानियाले नेपालमा रहेका साथिहरु र देशबाहिरबाट नेपालमा पुगेका साथिहरु सहित संस्थाको महत्वपूर्ण जिम्मेवारीमा रहेका अग्रजहरुबीचको भेटघाट एबम छलफल कार्यक्रमले कस्केलीहरु बीचको एकता र भाइचारामा अभिवृद्धि हुने बताउंदै यस किसिमका कार्यक्रमलाई सबै मुलुकमा रहेका च्याप्टरले निरन्तरता दिन सके संस्थाले थप गति लिने बताए। महासचिब केदार कुँवरले व्यस्तताका बाबजुद पनि छोटो सुचनालाईआधार मानेर उपस्थित हुनेहरु संस्थाको विभिन्न जिम्मेवारीमा रहेकाहरुप्रति आभार प्रकट गरेका छन ।

८ जेष्ठ २०८२, बिहीबार १२:४३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा