Play

नेजाको अधिबेशनको तयारी पुरा, नेपाल पत्रकार महासंघकी अध्यक्ष शर्माले उद्घाटन गर्ने

गुरुकुल खबर


अमेरिका, अमेरिकामा रहेर पत्रकारितामा क्रियाशील नेपालीहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशनको तयारी पुरा भएको छ शनिबार अर्थात मे १० मा शुरुहुने उक्त अधिबेशन यस बर्ष नेभाडा राज्यको लस भेगस सहरमा हुँदैछ ।

अधिबेशनले नेजाको नयाँ कार्यसमिति समेत चयन गर्ने छ। नेजाका बर्तमान अध्यक्ष सुरज भण्डारीको अनुसार सम्भव भएसम्म सर्बसम्मत रुपमा नेतृत्व सहित कार्यसमितिको चयन गर्ने प्रयास भैरहेको छ। भण्डारीको कार्यकालमा नेजाले विभिन्न संघसंस्था र समुदायसंग मिलेर विभिन्न गतिविधिहरु संचालन गरेको थियो।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कन्भेनर रोशन अधिकारीले जानकारी दिए । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेजाको अधिवेशनको उद्घाटन सत्रमा अतिथि र पत्रकारहरू गरी दुई सय जनाको सहभागिता रहने कन्भेनर अधिकारीले बताए ।

अधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले गर्ने कार्यक्रम रहेको छ उनि अमेरिका आइपुगेको समेत अधिकारीले जानकारी दिए ।

यसैगरी, नेजाको नवौं अधिवेशन प्रक्रियामा सहभागी हुन ८१ जना सदस्यले रजिस्ट्रेसन गरेको महासचिव बाबुराम दाहालले जानकारी दिए । अधिवेशनका क्रममा नेजाको वार्षिक प्रकाशन ‘प्रयास’को प्रकाशन गर्नुका साथै पत्रकारिता पुरस्कार र पत्रकारिता सम्मान समेत वितरण गरिने महासचिव दाहालले बताए ।

मे १० मा हुने उद्घाटन सत्रमा नेपाल र अमेरिकाका विभिन्न संघ-संस्थाबाट अतिथिको रुपमा सहभागिता रहनेछ । अधिवेशन लस भेगसको प्यालेस स्टेसनमा हुनेछ । नेजाको अधिवेशनलाई लिएर लसभेगसका नेपाली समुदायले पनि सक्रिय रुपमा सहयोग गरिरहेका छन् ।

एनआरएनए अमेरिका नेभाडा राज्य च्याप्टरका अध्यक्ष दुर्गा प्याकुरेलले नेजाको यो अधिवेशनलाई लस भेगसको नेपाली समुदायले निकै महत्त्वका हिसाबले हेरिरहेको बताउँदै नेजाको यो अधिवेशनमार्फत लस भेगसको नेपाली समुदायको गतिविधि बाहिर लैजान पनि महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

२६ बैशाख २०८२, शुक्रबार ०७:०४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा