Play

समुदायमा उत्कृष्ट काम गरेको भन्दै पराजुलीलाई एसियन प्यासिफिक अमेरिकन काउन्सिलको अवार्ड

गुरुकुल खबर


अमेरिका,  समुदायको हितको लागि विभिन्न महत्वपूर्ण काम गरेको भन्दै अमेरिकाको  एटलान्टामा बस्दै आएका सिके (चतुराखर) पराजुलीलाई एसियन प्यासिफिक अमेरिकन काउन्सिलले दिने अवार्डबाट सम्मानित गरेको छ ।

एसियाका १५ भन्दा बढी देशको छाता संस्थाको रुपमा रहेको एसियन प्यासिफिक अमेरिकन काउन्सिलले अमेरिकामा विभिन्न काम गर्दै आएको छ । पराजुलीले यो अवार्ड दोश्रो पटक प्राप्त गरेका हुन।

काउन्सिलले हरेक बर्ष समुदायको विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गर्ने क्रममा नेपाली समुदायमा महत्वपूर्ण योगदान गरेको भन्दै पराजुलीलाई सम्मान गरेको हो यस किसिमको सम्मान अन्य मुलुकबाट गएर त्यहाँ बसोबास गर्नेहरुलाई पनि दिने गरिएको छ ।

पराजुलीको अगुवाईमा एटलान्टामा सप्ताह सहित महायज्ञ आयोजना गरि अर्थ संकलन गरेर मन्दिर सहित बहुउद्धेश्यिय भवनको निर्माण भैरहेको छ भने नेपालमा पनि उनले विभिन्न शैक्षिक र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन ।

पराजुलीको नेपाल घर कास्की जिल्लाको तत्कालिन चापाकोट गाबिस अर्थात हाल पोखरा महानगरपालिका -२३ निर्बाने हो। उनि लामो समयदेखि सपरिवार अमेरिका बस्दै आएका छन ।

२५ बैशाख २०८२, बिहीबार ०९:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा