Play

सुजल डेरीको उत्पादन सफल दही : पौष्टिकता र सहज उपलब्धता सहितको भरपर्दाे विकल्प

गुरुकुल खबर


पोखरा, नेपाली स्वाद र स्वास्थ्यको प्रतीकका रूपमा स्थापित ‘सफल दही’ पोखरामा उपभोक्ताबीच लोकप्रिय हुँदैगएको छ। सुजल डेरी प्रालिले १९ वर्षदेखि गुणस्तरीय दही उत्पादन गर्दै पोखरा र वरपरका क्षेत्रहरूमा ‘सफल दही’को सफल यात्रा अघि बढाइरहेको छ ।

गाई तथा भैंसीको ताजा दूधबाट तयार गरिएको सफल दही आफ्नो ताजापन, गाढा बनावट र सन्तुलित स्वादका कारण गृहिणीहरूदेखि होटल–रेस्टुराँसम्म सबैका लागि भरोसायोग्य बनेको कम्पनीको दाबी छ । व्यस्त जीवनशैलीले सन्तुलित भोजन तयार गर्न चुनौती बनिरहेको आजको सन्दर्भमा, सफल दहीले सजिलै मिसाएर पोषणयुक्त खाना बनाउन सकिने समाधानको रूपमा बजारमा आफूलाई स्थापित गरिरहेको छ ।

कम्पनीका अनुसार प्रोटिन, क्याल्सियम तथा पाचन प्रणाली सुदृढ बनाउने प्रोबायोटिक गुणहरूले भरिएको सफल दही हरेक उमेर समूहका लागि उपयुक्त छ । यसले स्वास्थ्य मात्र नभई परम्पराको सम्मानलाई समेत अगाडि बढाएको छ । नेपाली भान्सामा धार्मिक र सांस्कृतिक महत्व बोकेको दही चाडपर्व, पूजाआजा, विवाहजस्ता अवसरमा शुभसंकेतका रूपमा प्रयोग हुने परम्परा छ, जसमा सफल दहीले निरन्तरता दिँदै आधुनिकताको सन्देश पनि बोकेको छ ।

सुजल डेरीको मार्केटिङ विभागका अनुसार, सफल दही पोखराका सम्पूर्ण खुद्रा पसल, सुपरमार्केट तथा आधुनिक आउटलेटहरूमा विभिन्न आकारका प्याकेजमा उपलब्ध छन् । उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सफल दही विभिन्न परिमाण र मूल्यमा पोखराका सम्पूर्ण खुद्रा पसल, सुपरमार्केट तथा आधुनिक आउटलेटहरूमा उपलब्ध छ ।

१२५ मिलिलिटरको कप ३५ रुपैयाँमा मा, २०० मिलिलिटरको कप ४५ रुपैयाँमा, ५ सय मिलिलिटरको कप सयमा र १ लिटरको कप १ सय ९० रुपैयाँमा पाइन्छ । त्यस्तै, ५ सय मिलिलिटरको प्याकेट ८५ रुपैयाँमा मा उपलब्ध छ । स्वाद, पौष्टिकता र सहजतासहितको भरपर्दाे विकल्पका रूपमा सफल दहीले बजारमा आफ्ना प्रतिस्पर्धी उत्पादनहरूभन्दा उत्कृष्ट मूल्य–परिमाण सन्तुलन कायम गरेको कम्पनीको दाबी छ । नियमित उपभोगकर्ताहरूले मूल्यअनुसारको गुणस्तर र स्वादको भरपुर अनुभव लिइरहेको प्रतिक्रिया दिएका छन् ।

२४ बैशाख २०८२, बुधबार १९:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा