Play

लोकतान्त्रिक खेलकुद संघ महाधिबेशनको तयारीमा, कास्कीमा प्रितम अध्यक्ष रहेको नयाँ समिति निर्बिरोध

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको भात्रीसंस्थाको रुपमा रहेको नेपाल लोकतान्त्रिक खेलकुद संघ अहिले महाधिबेशनको तयारीमा छ। नेपाली काँग्रेसले सबै भात्रीसंस्थाहरुलाई महाधिबेशनको तयारीमा लाग्न निर्देशन दिएपछि लोकतान्त्रिक खेलकुद संघ पनि महधिबेशनको तयारीमा जुटेको हो। संघको महाधिबेशन निर्देशक समितिका संयोजक समेत रहेका पार्टीका केन्द्रीय सदस्य एबम पुर्ब मन्त्री मोहन बहादुर बस्नेत खेलकुद संघको महाधिबेशन पूर्व विभिन्न जिल्लाको अधिबेशन गराउन सक्रिय छन्।

यसैक्रममा लोकतान्त्रिक खेलकुद संघ कास्कीको अधिबेशन शुक्रबार पोखरामा सम्पन्न भयो लोकतान्त्रिक खेलकुद संघको महाधिबेशन निर्देशक समितका संयोजक समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बस्नेतको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो। अधिबेशनले पोखरा -१५ का प्रितम गुरुङ अध्यक्ष रहेको नयाँ जिल्ला कार्यसमिति निर्बिरोध चयन गरेको छ। बिगतमा फुटबल खेल्ने गरेका उनि यस अगाडी संघको कास्की जिल्ला समितिको सचिब थिए ।

संघको कास्की जिल्ला कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा रेखमाया गुरुङ, उपाध्यक्षमा नरप्रसाद गुरुङ,सचिबमा बिनम गुरुङ,  सहसचिबमा पदम गुरुङ, कोषाध्यक्षमा विकास गुरुङ, सहकोषाध्यक्षमा वीम खांड र सदस्यहरुमा निराजन अधिकारी, बिशाल गुरुङ, खिमबहादुर जिसी, इन्द्रबहादुर कुँवर क्षेत्री, देबी गुरुङ, अमृत गुरुङ, बिकास गुरुङ, मेजमान गुरुङ, जिबन रेग्मी, बिज गुरुङ, बिजय कुमार आले, तुकराज गुरुङ सर्न्बसम्मत भएको छन ।

अधिबेशनको उद्घाटन गर्दै पूर्व मन्त्रीसमेत रहेका महाधिबेशन निर्देशक समितिका संय्पोजक बस्नेतले खेलकुद संघका अधिकांश जिल्लाहरुको अधिबेशन सम्पन्न भएकोले अब महाधिबेशनको तयारी भैरहेको जानकारी दिए। उनले खेलकुद क्षेत्रलाई चलायमान गराउन सके युवाहरु चलायमान हुने र त्यसले नेपाली काँग्रेसको संगठनमा फाइदा हुने बताए। उनले सरकारले जनताको समस्या बुझेर काम गर्नुपर्नेमा जोड दिंदै संबिधान संसोधन, आर्थिक समृद्धि र राजनीतिक स्थिरता जस्ता बिषयमा सरकारमा बस्नेहरुको ध्यान पुग्न नसकेको उल्लेख गरे।

नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका कार्यबाहक अध्यक्ष मिलन गुरुङको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा संघका केन्द्रीय अध्यक्ष देबेन्द्र कुमार शेरचन, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल लगायतले आआफ्नो भनाई राखेका थिए ।

उद्घाटन समारोह पछि सम्पन्न बन्द सत्रले संघको नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो निर्बाचन सयोजक दिनेश आचार्य र संघका केन्द्रीय सदस्य सुनील गुरुङ समेतको पहलमा नयाँ कार्यसमिति निर्बिरोध बनेको बुझिएको छ। नयाँ कार्यसमितिका पदाधिकारी एबम सदस्यहरुलाई शपथ ग्रहण गराउन आयोजित समारोहमा कास्की कांग्रेसका पूर्व सभापति एबम पुर्ब कानुन मन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेसका महासमिति सदस्यहरु ऋषिराम काफ्ले र बिरेन्द्र नारायण बिजुक्छे, संघका केन्द्रीय अध्यक्ष देबेन्द्र शेरचन, केन्द्रीय सदस्य सुनील गुरुङ, संघको गण्डकी प्रदेशका अध्यक्ष बिध्या मर्सानी, कांग्रेस महाधिबेशन प्रतिनिधि तिलक रानाभाट लगायतले शुभकामना र बधाई ज्ञापन गरेका थिए ।

 

२० बैशाख २०८२, शनिबार ११:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा