Play

पोखरा कोटीहोम: मंगलबार हुने कलशयात्राको उद्घाटन मुख्यमन्त्रीले गर्ने, पोखरामा धार्मिक पर्यटकको संख्या बढ्दो

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा संचालन भैरहेको गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत बैशाख १६ गते अर्थात मंगलवार शोभा कलास यात्रा हुने भएको छ। राष्ट्रशान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रबर्द्दन, असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षण लगायतका विभिन्न उद्धेश्यका साथ आयोजना गरिएको महायज्ञमा भक्तजन र सहयोगदाताहरुको उपस्थित पनि बाक्लिदै गएको छ ।

महायज्ञको प्रचार प्रसार कार्यक्रम अन्तर्गत मंगलवार बिहान ७ वजे  पोखराको विभिन्न स्थानबाट हुने शोभा कलश यात्राको लागि सोमबार साँझ ११ हजार कलश सजाइएको महायज्ञ आयोजक मानव सेवा फाउन्डेसनले जनाएको छ । कलशयात्राको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने जानकारी महायज्ञ आयोजक मानव सेवा फाउन्डेसनका ब्यबस्थापक बिष्णु थापाले गुरुकुल खबरलाई जानकारी दिए।

महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीले दिएको जानकारी अनुसार शोभा कलश यात्रा पोखराको विभिन्न स्थानबाट महाय्गाया स्थल बिरौटामा आउने कार्यक्रम रहेको छ। मुख्य कलश यात्रा पोखरा-९ शान्तिघाटबाट शुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जना चोक, राष्ट्रबैक चोक, हुदै बिरौटास्थित कार्यक्रम स्थलमा पुग्ने छ भने पोखराको ढुंगेसाँघु स्थित सदाशिब हरिहर मन्दिरको परिसरबाट शुरु हुने अर्को कलशयात्रा पनि बिरौटा चोकमा आएर मुख्य कलशयात्रासंगै मिसिने छ । शोभा कलश यात्रामा गण्डकीको जल भरिएका ११ हजार कलश रहने छन् ।

शोभा कलश यात्रामा प्रयोग गरिएका कलश महायज्ञ सकिएपछि प्रति कलश १ हजार ३ सय र दुई वटा कलशको २ हजार पाँच सय रुपैयामा घरमा लैजान सकिने व्यवस्था मिलाईएको मानव सेवा फाउण्डेशन नेपालका विजय केसीले जानकारी दिए ।

शोभा कलश यात्रामा सहभागी हुने महिला समूहहरुलाई प्रोत्साहन स्वरूप यातायात खर्च र समुहमा सहभागीको संख्या उनीहरुको पोशाक सहित अन्य कुरालाई आधार बनाएर पुरस्कारको समेत व्यवस्था गरिएको महायज्ञ मुल आयोजक समितिका महासचिव गिरीराज अधिकारीले जानकारी दिए ।

शोभा कलश यात्रालाई सफल बनाउनका लागि सम्पूर्ण तयारी पुरा भएको कलश यात्रा कार्यक्रमकीसंयोजक दुर्गा केसीले गुरुकुल खबरलाई जानकारी दिईन। उनका अनुसार कलश यात्रामा सहभागी हुनको लागि पोखरा महानगरपालिकाका विभिन्न वार्डका आमा समूह, टोल बिकास संस्था र सहकारी संस्थाहरुलाई समेत सार्बजनिक रुपमा आमन्त्रण गरिएको छ।

शोभा कलश यात्रामा कास्की जिल्ला वाहिरबाट पनि उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको भन्दै संयोजक केसीले अधिकांश महिला समूहका प्रतिनिधिहरु महायज्ञको सम्पर्क कार्यालयमा आएर आबश्यक जानकारी लिएको बताइन ।’

कलश यात्राको समापन संगै जगतगुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचक, वाचिकाबाट विशेष शास्त्रीय प्रवचन हुनभएको छ । महायज्ञको मुख्य दिन बैशाख १७ देखी जेठ २६ गतेसम्म धार्मिक गुरुहरूद्वारा नियमित हवन सहित पुण्यकर्महरु गरिने आयोजकले जनाएको छ ।कोटीहोम अवधिभर श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा जस्ता दिव्य कथावाचन गरिनुको साथै विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलन लगायतका कार्यक्रमहरु तय गरिएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्य लगायतका कार्यक्रम प्रस्तुत गरिने बुझिएको छ । कार्यक्रम अवधिमा धार्मिक, सामाजिक र राजनीतिक लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहने जनाईएको छ ।

महायज्ञस्थलमा २१ फिट अग्लो रुद्राक्षको मालाको शिबलिंग निर्माण गरिएको छ। रुद्राक्षको माला बुन्न त्यहाँ पुगेका महिलाहरु बिगत केहि दिन देखि सक्रिय बनेका थिए ।

महायज्ञको प्रचार प्रसारको क्रममा यस अगाडी साइकल र्‍याली, ट्याक्सी र्‍याली, मोटरसाइकल र्‍याली र पैदल यात्रा कार्यक्रम भइसकेका छन् । महायज्ञआयोजकले सामाजिक सञ्जालमा रिल, टिकटक वा अन्य भिडियो बनाउने सर्बसाधारणलाई पुरस्कारको समेत ब्यबस्था गरिएको जनाएको छ।

मानवसेवा फाउण्डेशन र गण्डकी कोटि होम ह्यासट्याग प्रयोग गरी छोटा भिडियो बनाउने व्यक्तीलाई २५ हजार सम्मको पुरस्कार र सम्मानपत्र दिने बताउंदै महायज्ञ आयोजकले युवा र समुदायको रचनात्मक सहभागितालाई प्रोत्साहन गर्न यस्तो ब्यबस्था गरिएको उल्लेख गरिएको छ ।

कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले भक्तजनहरुलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर महायज्ञमा सहभागी हुन आयोजक मानव सेवा फाउण्डेशनले अनुरोध पनि गरेको छ ।

महायज्ञक लागि एक सयवटा हवनकुण्ड निर्माण करिब पुरा भएको छ। हवनकुण्डमा ४ सय बढी पण्डितहरुले हवन सहित अन्य आबश्यक कार्य गर्ने बुझिएको छ । हवनकुण्डमा लिपपोत गर्ने कार्यमा भने स्थानीय एबम पोखरा क्षेत्रका महिला र सर्बसाधारणहरु खटिएका थिए ।

यसैबीच वैशाख ३ गते महायज्ञस्थल बिरौटामा भूमिपूजन गरियेपछि चैत्र २९ गतेदेखि निरन्तर कथा बाचन चलिरहेको छ शुरुवातमा कान्छी कथाबाचक अनुराधा पाण्डेद्वारा श्रीमदभागवत कथा प्रवचन गरिएकोमा त्यसपछि अन्तराष्ट्रिय कथाबाचक देवी प्रतिभाले दिनहुँ कथावाचन गरिरहेकी छन। देवी प्रतिभाले बैशाख १८ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम रहेको महायज्ञ मुल आयोजक समितिका निर्देशक शंकर खरालले जानकारी दिए ।

महायज्ञ आयोजक समितिका सह निर्देशक युबक लामिछानेले पण्डित दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायत राष्ट्रिय कथाबाचकहरुले र विभिन्न धर्म गुरुहरुले महायज्ञमा कथावाचन र प्रवचन दिने कार्यक्रम रहेको छ।

महायज्ञमा सोमबार देवी प्रतिभाले कथा वाचन गर्ने क्रममा भगवान कृष्णको जन्मोत्सव मनाई सम्पूर्णलाई फुल मिठाई मार्फत मनोरञ्जन दिलाइएको थियो । भगवान कृष्णको कथा वाचनका क्रममा १० औ दिन यसरी नै भगवान कृष्णको जन्मोत्सव मनाइने गरिन्छ । सोमबार देवि प्रतिभाको कथावाचनको १० औं दिन पुगेको छ उनि बैशाख १८ गतेसम्म पोखरामा रहेर महायज्ञमा कथाबाचन गर्ने कार्यक्रम रहेको छ।

महायज्ञमा केहि दिन यता साधु–सन्त, भक्तजन, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको सहभागिता बढ्दै गएको छ। यस किसिमको सहभागिताले पोखरामा धार्मिक पर्यटकहरुको संख्या उत्साहजनक रुपमा बढेको देखिएको छ।

१५ बैशाख २०८२, सोमबार १८:२१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : gurukulkhabar@gmail.com
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा