Play

कास्कीको अन्नपुर्णमा बाटो बनाउंदै गरेका दुई मजदुरको चट्यांग लागेर मृत्यु

गुरुकुल खबर


पोखरा,  कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा आइतबार दिउँसो चट्याङ लागेर बाटो बनाउने काम गर्दै गरेका दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चट्यांगको कारण मृत्यु हुनेहरुमा संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुमार राई र १८ वर्षीय महेश राई हुन्।

जिल्ला प्रजारी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार आइतबार दिउँसो करिब १ बजेको समयमा परेको चट्याङले उनीहरूको ज्यान गएको हो। उनीहरू करिब ३ हजार ८ सय मिटरको उचाइमा पदमार्ग (बाटो) बनाउने काम गरिरहेका थिए।

उक्त स्थानमा आइतबारबाट नै पदमार्ग विस्तार गर्ने काम सुरु भएको थियो, बाटो बिस्तार गर्ने काममा ९ जना मजदुर खटिएकोमा अन्य ७ जना
भने सकुशल रहेका छन्। मृतकहरूको शव निकाल्न प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको डिएसपी शर्माले बताए।

पानीसँगै परेको हिउँका कारण शव हिउँले पुरिएको अवस्थामा फेला परेको जनाइएको छ। घटनास्थल पर्यटकीय गाउँ घान्द्रुकदेखि झन्डै चार घण्टा पैदल दूरीमा पर्छ। उक्त स्थानमा नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा पदमार्ग विस्तारको काम भइरहेको थियो।

१४ बैशाख २०८२, आईतवार २१:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा