Play

सहकारीको रकम अपचलनको अभियोगमा कांग्रेस सांसद माया राई पक्राउ

गुरुकुल खबर


काठमाडौँ, सहकारीको रकम अपचलन गरेको आरोप लागेको कारण लामो समयदेखि फरार रहेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । शनिबार राति उनलाई कपनस्थित उनको निवासबाटै प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको सोही कार्यालयका एक अधिकृतले जानकारी दिए ।  उनी स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन् ।

लामो समय देखि फरार रहँदै आएकी सांसद राई प्रहरीको घेराबाट अगाडी बढेर संसद्को बैठकमा समेत सहभागी भएकी थिईन। उनि संसद्को बैठकमा उपस्थित भएको बारेमा प्रहरीलाई जिज्ञासा राख्दा गृह मन्त्रालयबाट पक्राउ गर्ने आदेश नआएको जानकारी दिएका थिए।

बैठकमा उपस्थित भएको दिन बेलुका नै उनलाई प्रहरीले उनको निवासबाट पक्राउ गरेको बुझिएको छ। सत्ताको आडमा उनलाई पक्राउ नगरिएको भन्दै आलोचना हुँदै आएको थियो । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् ।

१४ बैशाख २०८२, आईतवार ०७:४० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा