Play

चारवटा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति, पोखरा स्वास्थ्य बिज्ञानमा प्राडा श्रेष्ठलाई जिम्मेवारी

गुरुकुल खबर


पोखरा, प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित विभिन्न चारवटा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपतिको जिम्मेवारी विभिन्न व्यक्तित्वहरुलाई दिएका छन। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान सहित सबै प्रतिष्ठानको कुलपति समेत रहेका प्रम ओलीले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डिन प्राडा श्रीकृष्ण श्रेष्ठलाई दिएका छन ।

यस अगाडी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा डुकबहादुर क्षेत्री थिए । उनको कार्यकाल सकिएपछि श्रेष्ठलाई निमित्त बनाइएको हो। यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर डबलबहादुर धामीले पाएका छन् ।

त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुपतिको जिम्मेवारी रेक्टर प्राडा पवन शर्मा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्राडा संजीव शर्मालाई दिइएको छ ।

निमित्त उपकुलपतिहरुलाई प्रतिष्ठानको नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि नियमित शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्ने अधिकार दिइएको हो । चारवटै प्रतिष्ठानमा गत चैत्त २३ देखि २७ गतेसम्ममा उपकुलपतिहरुको ४ वर्षे कार्यकाल सकिएको थियो । धरानमा डा ज्ञानेन्द्र गिरी, , कर्णालीमा डा मंगल रावल र पाटनमा प्राडा राजेशनाथ गंगोल उपकुलपति थिए ।

चारवटै प्रतिष्ठानमा उपकुलपतिका लागि सरकारले सिफारिस समिति गठन गर्ने र सो सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्रीले नयाँ उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ ।

१० बैशाख २०८२, बुधबार २३:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा