Play

जनप्रतिनिधिको संख्या घटाउन र नेतृत्वको काम गर्ने शैलीमा सुधार गर्न कांग्रेस महामन्त्री थापाको जोड

कास्कीको सल्यानमा कांग्रेस नेता कृष्णबहादुर गुरुंगको शालिकको अनावरण


गुरुकुल खबर


पोखरा,  कास्कीको अन्नपूर्ण गाउँपालिका–४ सल्यानका नेपाली काँग्रेसका नेता कृष्णबहादुर गुरुंगको २३ औं स्मृति दिवसको अवसर पारेर शनिबार उनको शालिक अनावरण गरिएको छ। तत्कालिन बिद्रोही माओबादीले काँग्रेस नेता गुरुंगको २३ बर्ष अगाडी उनकै गाउँमा निर्ममता पुर्बक हत्या गरेका थिए गुरुङ नेपाली काँग्रेस कास्कीको पूर्व उपसभापति एबम कास्की जिल्ला बिकास समितिको पूर्व सदस्य समेत हुन।

स्व. गुरुङको शालिकको अनावरण गर्दै नेपाली काँग्रेसका महामन्त्री एबम नेपाल सरकारका पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले नेतृत्वको काम गर्ने ढंग र शैली नमिलेको कारण देशको बिकासले गति लिन नसकेको बताए। कांग्रेस महामन्त्री थापाले द्वन्द्वकालमा पीडित बनेकाहरुलाई न्याय दिने प्रतिबद्धता समेत व्यक्त गरे।

कांग्रेस महामन्त्री थापाले कृष्णबहादुर गुरुङको जस्तै कांग्रेसमा आस्था राख्ने, बिकासप्रेमी मान्छेले गाउँको समग्र बिकासको सपना देखेको हुन्छ भन्दै अबको ८ बर्ष हाम्रा नेताले देखेको सपना अर्थात गाउँको समग्र बिकास, आर्थिक समृद्धि, युवालाई गाउँमा रोजगारी दिएर युवा पलायन रोक्ने जस्ता कुरामा स्थानीय एबम प्रदेश र संघिय सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

माओबादीले तत्कालिन अबस्थामा गाउँको विकास निर्माण र सामजिक सहित आर्थिक बिकासमा भूमिका खेल्ने युवा र प्रतिष्ठित व्यक्तित्वको हत्या गरेको भन्दै व्यक्ति हत्याको राजनीतिले गाउँको विकास र आर्थिक बिकासको सम्भावना अबरुद्द बनेको महामन्त्री थापाले बताए।

तत्कालिन अबस्थामा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आफ्नै कार्यकर्ताको मृत्यु भएको बेला त्यहाँ पुगेर समबेदना दिन पनि सुरक्षाकर्मीहरुले रोकेपछि हिँसा र द्वन्दको राजनीतिबाट मुलुकलाई निकास दिने संकल्प गरेको र सोहि अनुरुप माओबादीलाई शान्ति प्रक्रियामा ल्याएको उल्लेख गरे ।

कांग्रेस महामन्त्री एबम नेपाल सरकारका पूर्व स्वास्थ्यमन्त्री थापाले बर्तमान संबिधानभित्र रहेका कमजोरी सच्याउन सकिने भन्दै नेपालको जस्तो समाबेशी संबिधान अन्य मुलुकमा नरहेपनि बर्तमान संबिधानका कारण बहुमतको सरकार बन्ने र राजनीतिक अस्थिरता अन्त्य गर्ने प्रयासले सार्थकता नपाएको बताए ।

पहिले काठमाडौँ मात्र केन्द्र बन्दा विभिन्न जिल्लाका सर्बसाधारणलाई काम गर्न कठिन भएपछि सातवटा केन्द्र बनाउन सातवटा प्रदेश बनाइएको महामन्त्री थापाको भनाइ थियो । यसै सन्दर्भमा उनले बर्तमान अबस्थामा संघियता र गणतन्त्रप्रति बितृष्णा बढेको चर्चा गर्दै संघिय संसद र प्रदेश संसदमा सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुको संख्या घटाउनु पर्नेमा समेत जोड दिए।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु केसी, नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति किशोरदत्त बराल, अन्नपुर्ण –४ का वडा अध्यक्ष आइन्दल गुरुङ र शहिद कृष्णबहादुर गुरुंगका छोरा बिजय गुरुंगले स्व. गुरुंगको योगदान र उनको व्यक्तित्वको बारेमा चर्चा गर्दै बर्तमान अबस्थामा मुलुकको राजनीतिक अबस्थामा अन्योल बढ्दै गएकोले कांग्रेसले तत्काल पहल गरेर उपयुक्त निकास खोज्नुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका–४ कांग्रेस सभापति मानबहादुर केसीले गरेको जानकारी ई. महेन्द्र पौडेलले गुरुकुल खबरलाई दिएका छन।

६ बैशाख २०८२, शनिबार २२:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा