Play

हेम्जाको आलु महोत्सब: दश दिनमा करिब एकलाख दर्शक, ३८ लाख बराबरको आलुको कारोबार

गुरुकुल खबर


  • श्रीभद्र पौडेल / पोखरा 

पोखरा महानगरपालिका -२५ हेमजामा संचालन भैरहेको १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सकिन अब एकदिन मात्र बाँकी छ । महोत्सवको १० औं दिन मंगलबारसम्म करिब एक लाख दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले दाबि गरेका छन । जसमध्ये कुल ३ हजार ५ सय बढी घरपरिवारले महोत्सबस्थलबाट आलु किनेर लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए । उनले मंगलबार साँझसम्म गरी ३८ लाख बढीको आलु कारोवार भएको समेत बताए।

महोत्सव अन्तर्गत मंगलबार कलाकारहरु अर्जुन सापकोटा, सुमन बिटी, मञ्जु विक, सुदिप क्षत्री, कृष्ण भट्टराई तथा आगमन व्याण्डका कलाकारहरुले दर्शकलाई मनोरंजन दिलाएका थिए । ‘सुन्दर ठाउँ, हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक, परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा हेमजा आलु महोत्सव गरिंदै आएको छ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो परीक्षण तथा रोगको निदान जस्ता गतिबिधि हुने गरेका छन । त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि महोत्सबमा गरिएको छ । गत चैत २४ गतेबाट महोत्सव सुरु भएको हो।

बुधबार हुने महोत्सबको समापन समारोहको प्रमुख अतिथि पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ रहेको बुझिएको छ । समापनका अवसरमा बुधबार विहान विष्णुपादुका क्लव, मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था एवम् लायन्स क्लव अफ् पोखरा आँखीझ्यालले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । त्यस्तै समापनको दिन बुधबार रत्यौली गीत प्रतियोगिताको नतिजा सार्वजनिक गरिनेछ ।जसका प्रथम हुने समूहले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार साथै सान्त्वनाले ५ हजार रुपैयासहित प्रमाणपत्र पाउनेछ।

त्यसैगरी कृषि झाँकी र्यालीतर्फको नतिजा पनि सार्वजनिक गरिने छ । झाँकीतर्फ पहिलोलाई ८ हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार तथा सान्त्वना पुरस्कार २ हजार रुपैया पुरस्कार प्रदान गर्ने तयारी आयोजकको छ । त्यस्तै सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई पनि मायाको चिनो सहित सम्मान गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

 

२ बैशाख २०८२, मंगलवार २०:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा