Play

कास्की रेडक्रसको चुनाब: रेडक्रसकर्मीसंगै एमाले र कांग्रेस दुवै विभाजित, कांग्रेस सुन्यमा सिमित (मत विवरण सहित)

सभापतिमा बिजयी खड्का प्यानलका अधिकांश पदाधिकारी र सदस्य पराजीत, एमालेका केआर र पीएसको नाममा प्रतिष्पर्धा


गुरुकुल खबर


पोखरा, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभापतिमा कडा प्रतिष्पर्धाका साथ उर्मिला खड्का भण्डारी निर्वाचित भएकी छिन् । उनले आफ्ना  निकटतम प्रतिस्पर्धी कृष्ण तिमिल्सिनालाई मात्र १ मतले हराएर कास्की रेडक्रसको पहिलो महिला सभापति चुनिएकी हुन् । सभापतिमा बिजयी  खड्काले १ सय २७ मत ल्याउँदा तिमिल्सिनाले १ सय २६ मत मात्र पाएकोले उनि पराजीत हुन पुगे ।

सभापतिमा बिजयी खड्काले यस अगाडिको कार्यसमितिमा महिला उपसभापतिमा रहेर काम गरेकी थिईन भने तिमिल्सिनाले लामो समयदेखि रेडक्रसको सदस्य, मन्त्री र उपसभापति लगायतको जिम्मेवारीमा रहेर काम गरेका थिए । यस अगाडिको अधिबेशनमा अध्यक्ष बन्ने चाहना राखेको भएपनि अन्य साथीहरुले दण्डराज शर्मालाई अध्यक्ष बनाउन चाहेको भन्दै उनि आफ्नो उमेद्वारी फिर्ता लिएर निर्बाचन प्रक्रियाबाट बाहिरिएका थिए जसका कारण अघिल्लो समितिमा उनि कुनै पदमा रहन पाएनन ।

महिला उपसभापतिमा रमा न्यौपाने कोइरालाले निकटतम प्रतिस्पर्धी रमा त्रिपाठीलाई पराजित गरेकी हुन । कोइरालाले १ सय ४२ र त्रिपाठीले १ सय ५ मत पाइन् । खुला उपसभापतिमा सुरेन्द्र गुरुङ ९ मतको अन्तरले विजयी भए । गुरुङले १ सय २९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी खेमराज सापकोटाले १२० मत पाए ।  गुरुङ केहि महिना अमेरिका बसेर चुनाबको केहि दिन अगाडी मात्र नेपाल आएका थिए उनलाई अमेरिका बसेर चुनाब लड्न आएको भन्दै कतिपयले आलोचना समेत गरेका थिए ।

कास्की रेडक्रसको मन्त्रीमा सन्तोष अधिकारी १३३ मत सहित विजयी हुँदा रमेशराज भण्डारीले १ सय १४ मत ल्याए । कोषाध्यक्षमा मोहन सिंह खड्का १ सय २८ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी विष्णुप्रसाद भण्डारी १ सय १९ मत पाउन सफल भए । उपमन्त्रीमा १ सय २२ मत सहित डिल्लीराम बराल विजयी भए भने उपकोषाध्यक्षमा कालिदास सापकोटा १ सय २९ मत ल्याएर विजयी भए ।

महिला उपसभापतिमा विजयी रमा कोइराला, खुल्ला उपसभापतिमा बिजयी सुरेन्द्र गुरुङ, मन्त्रीमा विजयी सन्तोष अधिकारी र उपकोषाध्यक्षमा बिजयी विष्णुप्रसाद अघिल्लो कार्यसमितिको क्रमश उपसभापति, उपमन्त्री, मन्त्री, कोषाध्यक्ष र उपकोषाध्यक्षको जिम्मेवारीमा थिए।  तर, उनीहरु मध्ये सुरेन्द्र गुरुङ बाहेक सबैजना सभापतिमा पराजीत तिमिल्सिनाको प्यानलबाट उमेद्वार बनेका हुन।  तिमिल्सिनाको प्यानलबाट उमेद्वार बनेका धेरै जनाले पदाधिकारीमा चुनाब जितेको भएपनि उनि एक मतको अन्तरमा पराजीत हुन पुगेका हुन ।

कार्यसमितिको सदस्यहरु मध्ये खुल्ला सदस्यहरुमा खगेन्द्रराज पराजुलीले १ सय ५ मत. नबराज पौडेलले १ सय ३ मत र कमल प्रसाद पौडेलले ९९ मत, सुर्यप्रसाद तिमिल्सिना पालुवाले ९४ मत,  सुभाष अधिकारीले ९० मत,  र महेश्वर दवाडीले ७३ मत, श्रीकान्त पौडेलले ६६ मत पाएर बिजयी भएका छन।  महिला सदस्यहरुमा बबिता सुबेदीले १ सय २० मत, पार्वती कार्कीले १ सय १० मत र भगवती गुरुंगले १ सय ३ मत प्राप्त गरेर बिजयी भएका छन।  सदस्यमा बिजयी हुनेहरु मध्ये खगेन्द्रराज पराजुली मात्र उर्मिला खडकाको प्यानलको उमेद्वार हुन बाँकि सबै तिमिल्सिनाको प्यानलको उमेद्वार हुन।

यसरी हेर्दा सभापतिमा बिजयी उर्मिलाको प्यानलबाट खुल्ला उपसभापति सुरेन्द्र गुरुङ, कोषाध्यक्ष मोहनसिंह खड्का र सदस्य खगेन्द्रराज पराजुली बाहेक सबिया पदाधिकारी र सदस्यहरु कृष्ण तिमिल्सिनाको प्यानलको रहेपनि सभापति पदमा तिमिल्सिना पराजीत हुनुलाई कतिपयले आश्चर्यको रुपमा समेत लिएका छन।

खड्का र तिमिल्सिना दुवै जना नेकपा एमाले समर्थक रहेको भएपनि उनीहरु दुबैजनाले दुवै प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका थिए।  प्यानलमा उनीहरुले नेपाली काँग्रेस समर्थकलाई समेत मिसाएका थिए।  नेपाली काँग्रेसबाट तिमिल्सिनाको प्यानलमा उपकोषाध्यक्ष किसान परियार, महिला सदस्य पुष्पा नापित र खुल्ला सदस्यमा बुद्धिप्रसाद बराल र तिर्थराज नेउपानेले उमेद्वारी दिएका थिए भने खडकाको प्यानलबाट उपकोषाध्यक्षमा किसान परियार, महिला सदस्यमा पुष्पा नापित र खुल्ला सदस्यमा बिष्णुकुमार श्रेष्ठ, माधबप्रसाद गौतम र तिलकशाली सापकोटाले उमेद्वारी दिएको थिए। तर, उनीहरु सबै पराजीत बन्न पुगे। दुवै प्यानलमा परेका कांग्रेसका परियार र नापितको पराजयले कम्युनिस्टहरुले प्यानलमा काँग्रेसलाई राखेको भएपनि मत भने आफ्नो प्यानलको नहुँदा समेत कम्युनिस्टलाई नै दिएको स्पष्ट भएको कांग्रेस समर्थक एक प्रतिनिधिले गुनासो गरे ।

सभापतिका उमेद्वार तिमिल्सिना र खडकालाई नेकपा एमालेका दुई प्रभावशाली नेताहरुको साथ रहेको कारण दुईवटै प्यानल बनाएर उनीहरु चुनाबी मैदानमा उत्रिएको बुझिएको छ।  तिमिल्सिनालाई एमाले नेता एबम गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीको र खड्कालाई गण्डकीका पूर्व मुख्यमन्त्री एबम बहालवाला सूचना संचार तथा प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुंगको समर्थन रहेको बताइएको छ।  यसपटक पोखराका पूर्व मेयर समेत रहेका एमाले नेता कृष्ण थापा समेत गुरुङले समर्थन गरेकी खड्काको पक्षमा लागेको बुझिएको छ।

दुईवटा प्यानललाई समर्थन गर्ने क्रममा नेपाली काँग्रेस समेत विभाजित बन्न पुग्यो।  कुनै एक प्यानलमा मात्र सिमित भएको भए कांग्रेसका केहि उमेदवारले बिजय प्राप्त गर्नसक्ने सम्भावना भएपनि दुवैतिर विभाजित भएपछि कांग्रेसको प्रतिनिधित्व भने कास्की रेडक्रसमा सुन्यमा सिमित हुन पुगेको छ।  कास्की कांग्रेसका सभापति किशोरबरालले खगराज संग मिलेर तिमिल्सिनालाई समर्थन गर्ने भनेपनि कांग्रेसका अरु नेताहरुले भने खड्कालाई समर्थन गरेको बुझिएको छ ।

कास्की रेडक्रसको यस पटकको चुनाबले रेडक्रसकर्मीहरुलाई मात्र नभएर कास्कीका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेलाई समेत विभाजित गर्न बल पुर्याएको छ।  एमालेको बर्चस्वरहेको कास्की रेडक्रसको चुनाबमा पनि अन्य चुनाबमा जस्तै पीएस–खगराजको गुट आमने सामने जस्तै गरेर प्रतिष्पर्धामा उत्रिए । गुरुङ र अधिकारी सहित उनीहरुका समर्थक नेता र कार्यकर्ताहरु पछिल्लो समय एकअर्काका प्रतिस्पर्धी मात्रै नभएर एकअर्कालाई सकेसम्म पराजित गराउने खेलमा लाग्ने गरेको पछिल्लो उदाहरण कास्की रेडक्रस बन्न पुगेको छ।

कसले कति मत पाए ? पुरा विवरण ..

सम्बन्धित समाचार ..

कास्की रेडक्रसमा एमालेको दुई समूहबीच कडा प्रतिष्पर्धा, कांग्रेस पनि विभाजित, मतगणना जारी

विश्वमा रक्तसंचार सेवा र नेपालमा यसको बिकासक्रम, निशुल्क रगत र उत्कृष्ट ल्याबको तयारीमा ‘पोखरा ब्लड बैंक’

नेपाल रेडक्रस सोसाइटीको बिबाद कायम, अदालतको आदेश कार्यान्वयन र अनियमितता गर्नेमाथि कारबाहीको माग

१ बैशाख २०८२, सोमबार १४:३२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा