पोखरा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको १७ औं अधिबेशन शनिबार शुरु भएको छ। अधिबेशनले कास्की रेडक्रसको नयाँ कार्यसमिति समेत निर्बाचित गर्दैछ। नयाँ कार्यसमितिको निर्बाचनमा दुई वटा प्यानल चुनाबी मैदानमा उत्रिएका थिए एक प्यानलको नेतृत्व कृष्ण तिमिल्सिनाले गरेको छन् भने अर्को प्यानलको नेतृत्व उर्मिला खड्का भण्डारीले गरेकी छन। दुवै जना नेकपा एमाले संग सम्बद्ध छन्।
कास्की रेडक्रसमा नेपाली काँग्रेस सम्बद्ध सदस्यहरुको संख्या अत्यन्त न्युन छ। तसर्थ नेपाली काँग्रेस सम्बद्ध कसैले पनि प्रमुख पदमा उमेद्वारी दिएका छैनन। नेपाली काँग्रेस पक्षधरहरुले नेकपा एमालेको कुनै एक प्यानलसंग मिलेर चुनाब लडेको भए कार्यसमितिको ४/५ वटा पदमा जित्ने सम्भावना रहेको भएपनि कांग्रेस पक्षधरहरु पनि दुई समुहमा विभाजित भएर चुनाबमा गएको कारण नतिजा कस्तो आउला भनेर अनुमान गर्न कठिन छ।
नेकपा एमाले पक्षधरहरु नै दुई समुहमा विभाजित बनेपछि उनीहरुले पनि कांग्रेस पक्षधरलाई पनि लोभ देखाएर दुई चिरामा विभाजित गर्न सफल भएको बताईन्छ ।
श्रोतका अनुसार नेकपा एमालेका नेता खगराज अधिकारी र बयान बहादुर क्षेत्री समेतले तयार गरेको कृष्ण तिमिल्सिनाको प्यानलको महिला उपसभापतिमा रमा नेउपाने कोइराला, खुल्ला उपसभापतिमा खेमराज सापकोटा, मन्त्रीमा सन्तोष अधिकारी, कोषाध्यक्षमा बिष्णुप्रसाद भण्डारी, उपमन्त्रीमा राजेश घिमिरे र उपकोषाध्यक्षमा किसान परियारले उमेद्वारी दिएका छन उक्त प्यानललाई नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पनि समर्थन गरेको बताइएको छ।
उक्त प्यानलबाट महिला सदस्यमा पार्वती कार्की, बबिता सुबेदी, पुष्पा नापित र खुल्ला सदस्यहरुमा सुभाष अधिकारी, महेश्वर दवाडी, बुद्धि प्रसाद बराल, सुर्यप्रसाद तिमिल्सिना पालुवा, तिर्थराज नेउपाने, कमल पौडेल र नबराज पौडेलले उमेद्वारी दिएका छन। १७ सदस्यीय समितिको लागि तिमिल्सिनाको प्यानलबाट उमेद्वारी दिनेहरु मध्ये किसान परियार, पुष्पा नापित, बुद्धिप्रसाद बराल र तिर्थराज नेउपाने नेपाली काँग्रेस पक्षधर रहेको र बाँकी नेकपा एमाले पक्षधर् रहेको बुझिएको छ।
नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ समेतको समर्थनमा तयार गरिएको उर्मिला खड्का भण्डारी नेतृत्वको अर्को प्यानलको महिला उपसभापतिमा रमा त्रिपाठी, खुल्ला उपसभापतिमा सुरेन्द्र गुरुङ, मन्त्रीमा रमेशराज भण्डारी, कोषाध्यक्षमा मोहनसिंह खड्का, उप कोषाध्यक्षमा किसान परियार र उपमन्त्रीमा डिल्लीराम बरालले उमेद्वारी दिएका छन यो समुहलाई नेपाली काँग्रेस कास्कीका सचिब भानु ढकाल, जिल्ला सदस्य युबक लामिछाने र महासमिति सदस्य बीरेन्द्रनारायण बिजुक्छे लगायतका केहि नेताहरुले समर्थन गरेर उमेद्वार बनाएको बुझिएको छ ।
उर्मिला नेतृत्वको प्यानलबाट महिला सदस्यहरुमा गीता बिक, राधिका रेग्मी र पुष्पा नापित तथा खुल्ला सदस्यहरुमा बीनुकुमारी भण्डारी, दामोदर घिमिरे, नारायण प्रसाद शर्मा, विष्णुकुमार श्रेष्ठ, माधवप्रसाद गौतम, तिलकशाली सापकोटा र खगेन्द्रराज पराजुलीले उमेद्वारी दिएको छन । उमेद्वारी दिनेहरु मध्ये उपकोषाध्यक्ष किसान परियार र महिला सदस्य पुष्पा नापित नेपाली काँग्रेस समर्थक हुन् परियार र नापित दुवै प्यानलमा उमेद्वार परेको कारण परियार र नापितको बिजय करिब निश्चित जस्तै छ। उर्मिला प्यानलबाट सदस्यको उमेद्वार बनेका विष्णुकुमार श्रेष्ठ, माधब प्रसाद गौतम र तिलकशाली सापकोटा पनि नेपाली काँग्रेस समर्थक हुन ।
कास्की रेडक्रसमा बिगत देखि नै नयाँ कार्यसमितिको लागि भएको निर्बाचनको मतगणना शनिबार बेलुका शुरु भएको छ। कुल २ सय ६३ मतदाता रहेकोमा २ सय ५४ मत खसेको थियो अहिले जारी मतगणना अन्तर्गत ५० मता गणना हुँदा प्राप्त मत यस प्रकार रहेको छ ।
सभापति
१ उर्मिला खड्का भण्डारी २५
२ कृष्ण तिम्सिना २५
महिला उपसभापति
१. रमा कोइराला २८
२. रमा त्रिपाठी २१
खुल्ला उपसभापति
१. खेमराज सापकोटा १८
२. सुरेन्द्र गुरुङ ३१
मन्त्री
१. रमेश राज भण्डारी २९
२. सन्तोष अधिकारी २०
कोषाध्यक्ष
१. मोहन सिंह खड्का २३
२. बिष्णु प्रसाद भण्डारी २४
उप मन्त्री
१. डिल्ली राम बराल २६
२. राजेष घिमिरे २१
उपकोषाध्यक्ष
१. कालिदाश सापकोटा २६
२.किसान परियार २०