Play

भारतको आसाममा दुर्गा प्रसाईं पक्राउ, नेपाल ल्याउने तयारी

गुरुकुल खबर


काठमाडौं, काठमाडौँको तीनकुनेमा राजाको पक्षमा प्रदर्शन गरेपछि फरार भएका हिन्दुराष्ट्र सहितको राजसंस्थाका अभियन्ता दुर्गा प्रसाईं भारतमा पक्राउ परेको बुझिएकोछ । यहि चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले प्रदर्शन आयोजना गरेको थियो ।  प्रदर्शन हिंसात्मक बनेपछि प्रदर्शनकारीहरु आगजनी र तोडफोडमा उत्रिएको कारण धनजनको क्षति हुन पुगेको थियो ।

प्रसाईं भारतको आसाम राज्यबाट पक्राउ परेको बताइएको छ। उनलाई पक्राउ गरेर नेपाल ल्याउँदै गरेको भनिएपनि कतिपयले भने प्रसाईंले आत्मसमर्पण गरेको उनको सचिवालयले चलाउने सामाजिक सञ्जालबाट सार्वजनिक भएको छ ।

प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले प्रसाईंलाई खोजिरहेको थियो । तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।उनी विरुद्ध राज्य विरुद्धको कसुर र सङ्गठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रदर्शन बिथोलिएपछि तीनकुनेबाट बिएबी–४२०८ नम्बरको स्कोर्पियोमा चढेर हिँडेका प्रसाई फेला पर्न सकेका थिएनन् ।

यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू नेपालमा रहेको र ज्यानको सुरक्षा ज्ञारेन्टी भए सार्वजनिक हुने बताउँदै फरार नरहेको बताउँदै आएका थिए । यद्यपि उनी पक्राउ पर्न सकेका थिएनन् ।

प्रसाईं चढेर गएको स्कोर्पियो इटहरीमा फेला परेको थियो । स्कोर्पियो चालक ईश्वर विकले प्रसाईंलाई झापाको बिर्तामोड स्थित बिएण्डसी मेडिकल कलेजमा लगेर छाडेको बयान दिएका थिए । तीनकुनेबाट प्रसाईं ललितपुरको इमाडोलस्थित धर्मगुरू भनिएका पुष्कर खतिवडाको घरमा पुगे । त्यहाँ स्याउ, केरा र दुध खाएर उनी हिँडको खतिवडाले प्रहरीलाई बताएका छन् । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार उनी इमाडोलबाट चापागाउँ पुगेका थिए ।

चापागाउँबाट फर्केर बनेपा हुँदै झापा गएको स्कोर्पियो चालकले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । प्रसाईं ललितपुरको कान्ति लोकपथको विभिन्न बाटोहरू प्रयोग गरेर चितवनको ठोरी पुगेर भारत पसेको देखिन्छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले स्कोर्पियो धनी काठमाडौँको काँडाघारी घर भएका मुकुन्द दाहाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

२८ चैत्र २०८१, बिहीबार २२:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा