पोखरा, पोखरा महानगरपालिका– १४ का राजनीतिक एबम सामाजिक व्यक्तित्व शिबराज कंडेलको सवारी दुर्घटनामा परि ज्यान गएको छ। पोखरा महानगरपालिका -९ पृथ्वीचोक नजिक उनि चढेको स्कुटरलाई बिहिबार बिहान ट्रकले ठक्कर दिएर भएको दुर्घटनामा परि कंडेलको ज्यान गएको हो ।
पोखरा महानगरपालिका –९ बसपार्कतर्फ जाँदै गरेको ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिएर उक्त दुर्घटना भएको हो । मृतक कंडेल नेकपा माओबादी केन्द्र पोखरा महानगरपालिका -१४ का पुर्ब अध्यक्ष एबम अखिल नेपाल किसान महासंघ कास्कीका सचिब रहेको नेकपा माओबादी केन्द्रका नेता दिपक कोइराला रुपकले जानकारी दिएका छन।
स्कुटरमा पछाडी बसेका ५३ वर्षीय शिवराज कँडेल दुर्घटनामा परि गम्भीर घाइते भएको र उनलाई तत्कालै गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो। उक्त स्कुटरकी चालक २३ वर्षीया सुस्मिता कँडेलको हात र घुँडामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
ट्रक र चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।