Play

राप्रपाको खबरदारी सभा बल्खुमा शुरु, हिंसाको डरले स्थानीय बजार र घर दिउँसै बन्द

गुरुकुल खबर


काठमाडौँ,  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को खबरदारी सभा काठमाडौँको बल्खु चोकमा शुरु भएको छ जय राष्ट्रबादको नारा लगाउंदै राष्ट्रिय प्रजातन्त्र पार्टीको बागमती प्रदेशस्तरीय खबरदारी सभा सुरु भएको हो । राप्रपाले ‘व्यवस्था बदलौँ,अवस्था बदलौँ’ भन्दै भ्रष्टाचार र कुशासनविरुद्ध सभाको आयोजना गरेको जनाएको छ ।

बाक्लो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको भएपनि यस अगाडी तिनकुनेमा सभा हुने क्रममा तोडफोड र आगजनी सहित हिंसात्मक अबस्था उत्पन्न भएकोले बल्खुमा पनि त्यस्तै हुने डरले स्थानीय सर्बसाधारण र ब्यबसायीहरुले आफ्नो सटर र घरको ढोका दिउँसै बन्द गरेको छन।

सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् । कार्यक्रममा नेताहरू पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे लगायतका नेताहरू सहभागी छन् ।

पार्टीको झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित राप्रपा नेता कार्यकर्ताहरू कार्यक्रमस्थल पुगेका छन् । सभालाई सहभागी शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । नेताहरूले सम्बोधन गर्नुअघि कार्यक्रमस्थलमा विभिन्न बाजासहित पञ्चे बाजा समेत बजाइएको छ।

यहि चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाले भृकुटीमण्डप क्षेत्रमा गर्ने भनेको कार्यक्रम स्थनीय प्रशासनले अनुमति नदिएपछि बल्खुमा यो कार्यक्रम हुन लागेको हो। राष्ट्रवादीसँग सरकार डराएर भृकुटी मण्डपमा कार्यक्रम गर्न नदिएको नेता राजेन्द्र गुरुङले बताए।

राप्रपाले सोमबारको सभा भव्य, सभ्य र अनुशासित हुने जनाएको छ । राप्रपाले जुलुस र सभालाई व्यवस्थित गर्न दर्जनौंको संख्यामा स्वयंसेवकहरु परिचालन गरेको छ । उनीहरुले सभालाई व्यवस्थित बनाउन र घुसपैठ रोक्न भूमिका खेल्ने छन् । घुसपैठको शंका लागेमा तुरुन्तै नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले निर्देशन दिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।

तर चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक भएकाले बाक्लो संख्यामा सुरक्षाकर्मीहरुको परिचालन गरिएको छ । त्रिभुवन विश्वविद्यायको परीक्षा नियन्त्रण कार्यालय, सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय र कलंकीको भाटभटेनी सुपरमार्केटमा समेत सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

यसअघि चैत १५ को प्रदर्शनमा भाटभटेनी सुपरमार्केटमा लुटपाट भएको थियो भने नेकपा एकीकृत समाजवादीको केन्द्री कार्यालयमा आगजनी भएको थियो । त्यतिबेला एम्बुलेन्स र दमकल समेत तयारी अवस्थामा नराखिएको भनेर प्रहरी प्रशासनको आलोचना भएको थियो । त्यसैले बल्खुको सभास्थलमा एम्बुलेन्स, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकारकर्मी लगायतको टोली पनि परिचालन गरिएको छ । चैत १५ को प्रदर्शनमा भने यस्तो दृष्य देखिएको थिएन ।

राप्रपाको यो बागमती प्रदेशस्तरीय सभा हो । त्यसैले बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा भेला गरेर सभा गरिँदै छ ।यसअघि राप्रपाले भृकुटीमण्डपमा सभा गर्न खोजेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै बल्खु वा सिफल चौरमा सभा गर्न भनेको थियो । त्यसपछि राप्रपाले सभास्थलको रुपमा बल्खु रोजेको हो ।

सभास्थल वरपरको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिएका छन् । सीसीटीभी र ड्रोनबाट समेत निगरानी गरिएको प्रहरीले जनाएको छ । राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।

२६ चैत्र २०८१, मंगलवार १३:४२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा