Play

पत्रकार मृत्युको बिरोधमा पत्रकार महासंघद्वारा पोखरा र माइतीघर मण्डला सहित शाखाहरुमा प्रदर्शन

गुरुकुल खबर


पोखरा, राजाबादीहरुको अगुवाईमा काठमाडौँमा शुक्रबार भएको आन्दोलनका क्रममा आगजनी भएको घरभित्र जलेर निधन भएका पत्रकार सुरेश रजकको हत्या गरिएको भन्दै नेपाल पत्रकार महासंघले शनिबार बिहान काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

महासंघले आफ्नो स्थापना दिवस मनाउन विभिन्न कार्यक्रम तय गरेको भएपनि बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको जनाएको छ ।

स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासंघले मनाउने निर्णय गरेको महासंघका महासचिब रामप्रसाद दाहालले बिज्ञप्ति मार्फत जनाएका थिए।

महासंघले काठमाडौँमा जस्तै शोक र बिरोध कार्यक्रम गर्न आफ्ना शाखाहरुलाई परिपत्र गरे अनुसार पोखरा लगायत विभिन्न जिल्ला शाखाहरुले प्रदर्शन गरेको समाचार छ। यसैक्रममा नेपाल पत्रकार महासंघ कास्कीले शोक र बिरोध सभा गरेको जनाएको छ।

नेपाल पत्रकार महासंघ कास्कीले पोखराको शहिद चोकमा उक्त कार्यक्रम गरेको महासंघको कास्की शाखाका सचिब भुपाल गुरुङले गुरुकुल खबरलाई जानकारी दिए। उक्त कार्यक्रममा महासंघका कास्की शाखाका अध्यक्ष माधव बराल लगायतले पत्रकार र संचारकर्मी माथिको आक्रमण सह्य नहुने बताएका थिए।

१६ चैत्र २०८१, शनिबार ११:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा