Play

अपाङ्गता शसक्तिकरणका लागि विनियोजित बजेट खर्च नगरेको भन्दै सत्तारुढ दलकै सांसद थापा असन्तुष्ट

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्षको बजेटमा बिनियोजन गरेको बजेट आर्थिक बर्ष सकिनै लाग्दा समेत कार्यान्वयनमा नआएको भन्दै सत्तारुढ दलकै सांसदले असन्तुष्टी प्रकट गरेका छन। गण्डकी प्रदेश सभामा शुक्रबार सुन्य समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद सुनीता थापाले अपाङ्गता सशक्तीकरण कार्यक्रमका लागि भनेर चालु आर्थिक बर्षका लागि छुट्याइएको एक करोड रुपैयाँ अझै सम्म खर्च हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरेकी हुन।

“अपाङ्गता शसक्तिकरण कार्यक्रमका लागि छुट्याइएको एक करोड रुपैयाँको बजेट कार्यान्वयनमा किन ढिलाई भैरहेको छ ?” प्रदेश सभा सदस्य थापाले सभामुख मार्फत गण्डकी प्रदेश सरकार समक्ष प्रश्न गरिन। उनले आर्थिक वर्ष सकिनै लाग्दा पनि कुन कुन कार्यक्रम कसरि गर्ने ? भन्ने टुङ्गो नलाग्नु दुर्भाग्यपूर्ण रहेको भन्दै हरेक वर्ष यसैगरि समस्या दोहोरिनु अपांगता भएकाहरुको लागि अन्यायपूर्ण रहेको समेत उल्लेख गरिन।

नेपाली काँग्रेसको भागमा परेको सामाजिक बिकास मन्त्रालय अन्तर्गत अपाङ्गता शसक्तिकरण कार्यक्रमका लागि चालु आर्थिक बर्षमा एक करोड रुपैयाँ बिनियोजन गरिएको छ। उक्त मन्त्रालयको जिम्मेवारी नेपाली काँग्रेसका प्रदेश सांसद बिन्दुकुमार थापाले सम्हालेका छन ।

चालु आर्थिक बर्षको काम गर्ने समय अब दुई/ तिन महिना जति मात्र बाँकी रहेको छ। यसै सन्दर्भमा प्रदेश सभा सदस्य सुनीता थापाले चैत्र महिना देखि जेठ महिनासम्मको अबधिमा हतार हतारमा “केही कार्यक्रम भयो” भन्ने बिगतको जस्तो देखावटी शैली अब अन्त्य हुनुपर्नेमा समेत जोड दिईन ।

अपांगता भएका ब्यक्तिहरुको लागि बर्षको दुई महिना मात्र शसक्तिकरण कार्यक्रम गरे पुग्ने र बाँकी १० महिना अपांगता सम्बन्धि कुनै काम गर्नुनपर्ने भन्ने बुझाइ सरकारमा बस्नेमा भएर पो हो कि ? भन्ने प्रश्न गर्दै उनले अपाङ्गता भएका नागरिकहरूको जीवनस्तर सुधार्ने भनिएको बजेट समयमै खर्च गर्न नसक्नुलाई सरकारमा बस्नेहरुको कमजोरीको रुपमा समेत उनले चित्रण गरिन ।

१५ चैत्र २०८१, शुक्रबार २२:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा