Play

नर्सिङ क्याम्पस पोखराको स्ववियुमा नेविसंघका नम्रता र ममताले प्रतिनिधित्व गर्ने

गुरुकुल खबर


पोखरा, चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा क्याम्पस अर्थात पोखराको नर्सिङ क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएपनि समानुपातिक तर्फबाट नेविसंघका दुईजनाले प्रतिनिधित्व गर्ने भएका छन ।

बिजयी भएका दुईजनालाई कुन कुन पद दिने निश्चित नभएपनि नेविसंघको तर्फबाट नम्रता चापागाईं र ममता शर्माले स्वतन्त्र बिद्यार्थी युनियनमा प्रतिनिधित्व गर्ने भएको बुझिएको छ  दुवै जना नेविसंघको क्याम्पस इकाई समितिको जिम्मेवारीमा रहेका छन।

मंगलवार साँझ सम्पन्न प्रत्यक्ष तर्फको मतगणना अनुसार नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी प्रतिभा भण्डारी अध्यक्षमा निर्वाचित भएकी छन। भने सचिवमा अखिलकै सलिना श्रेष्ठ र कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित भएका छन् भने अन्य पदमा पनि अनेरास्ववियुकै उमेद्वार बिजयी भएका छन।

नेबिसंघबाट स्वतन्त्र बिद्यार्थी युनियनमा प्रतिनिधित्व गर्ने नम्रता चापागाईंको घर चितवन भएपनि उनि पोखराको लामाचौरमा आफ्ना परिवारसंग बस्दै आएकी छन्। हाल सोहि क्याम्पसमा बीएनएस तेश्रो बर्षमा अध्ययनरत उनि नेविसंघको नर्सिङ क्याम्पस इकाईको सभापति समेत हुन ।

यसैगरी पर्बत घर भएकी ममता शर्मा उक्त क्याम्पसमा बीएनएस तेश्रो बर्षमा अध्ययनरत छिन शर्मा नेविसंघको नर्सिङ क्याम्पस इकाईको उपसभापति हुन।

सम्बन्धित समाचार ..

पोखराको नर्सिङ क्याम्पस र बनबिज्ञान क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी

 

६ चैत्र २०८१, बुधबार १३:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा