Play

मार्फा थकाली सेवा समाजको ५३ वर्ष: पहिलो महिला अध्यक्ष बनिन ‘देवकुमारी’, महिला समितिको अध्यक्षमा बिष्णु

गुरुकुल खबर


पोखरा, मुस्तांग, मार्फाबाट पोखरामा आएर बसोबास गरेका थकालीहरुको पुरानो संस्था मार्फा थकाली समाज सेवा सदन, पोखराको ५३ औं वार्षिकोत्सव तथा १८औं महाधिवेशन सम्पन्न भएको छ। महाधिबेशनले समाजको अध्यक्षमा पहिलो पटक देवकुमारी हिराचनलाई अध्यक्षमा निर्बाचित गरेको छ।

समाजको ५३ वर्ष लामो इतिहासमा पहिलोपटक महिलाले नेतृत्व गर्ने अवसर प्राप्त गरेको भन्दै कतिपयले खुशी प्रकट गरेका छन देवकुमारी हिराचन पोखरामा रहेर बिभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहँदै आएकी छन।

समाजको उपाध्यक्षमा पूर्णमान लालचन, महासचिवमा मखनलाल हिराचन, सचिवमा राजु लालचन, कोषाध्यक्षमा ई. पूर्ण बहादुर ज्वारचन चयन भएका छन्। समाजको सदस्यहरुमा प्रदिप हिराचन, निरण ज्वारचन, पूर्ण ज्वारचन, वसन्त हिराचन, सञ्जु लालचन, बुद्धी कुमारी लालचन, प्रिमो लालचन र सुन कुमारी हिराचन चयन भएको समाजले जनाएको छ।

अधिबेशनकै क्रममा मार्फा थकाली समाजको महिला समितिको पनि नयाँ कार्यसमिति चयन भएको छ। महिला समितिको अध्यक्षमा विष्णु ज्वारचन माईली, उपाध्यक्षमा आइत कुमारी लालचन, सचिवमा पुनम हिराचन, कोषाध्यक्षमा रामकुमारी ज्वारचन चयन भएका छन्। महिला समितिको सदस्य पदमा सीता लालचन, सतकुमारी पन्नाचन, विष्णु ज्वारचन, विनु लालचन, रचना लालचन, सविता पन्नाचन तथा विष्णु हिराचन लाई राखिएको बताइएको छ।

तस्बिर – शुदर्शन रंजित 

६ चैत्र २०८१, बुधबार १२:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा