Play

पोखराको मासबारस्थित शोभाचन्द्रको घर कम्पाउन्डमा बाघ भेटियो, बन्यजन्तु केन्द्रमा स्थानान्तरण

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं. ७  मासबारमा मंगलबार दिउँसोको समयमा मानिस बस्ने घरकै परिसरमा बाघ ( चितुवा ) भेटिएको छ । मासबारको कोलबारी मार्गस्थित नेपाली काँग्रेसका नेता तथा स्थानीय श्रीकृष्ण माध्यमिक बिद्यालयका संचालक समितिका अध्यक्ष रहेका शोभाचन्द्र बरालको घरको कम्पाउण्ड भित्र उक्त चितुवा देखिएको थियो ।

दिउँसो करिब ३ बजे चितुवा देखिएपछि स्थानीय बासिन्दाले प्रहरी र डिभिजन वन कार्यालय कास्कीमा जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरि प्रसाद गौतमको नेतृत्वमा त्यहाँ पुगेको टोलीले तत्कालै उद्धार प्रक्रिया अघि बढाएको थियो।

सुरक्षाकर्मी सहित आएको टोलीले उद्वार गर्न नसक्ने अबस्था रहेको भए र स्थानीय सर्बसाधारणमा जोखिम देखिएको भए बाघलाई हतियार समेत प्रयोग गरेर नियन्त्रणमा लिने सोचाई भएपनि जिवितै अबस्थामा नियन्त्रणमा लिन सफल भएपछि उद्वार टोलीले बाघलाई सुरक्षित रूपमा लेखनाथको पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रमा स्थानान्तरण गरेको छ।

बाघ देखिएपछि स्थानीयवासीहरूमा केही समय त्रसित बनेको भएपनि बाघलाई सुरक्षित रूपमा उद्दार गरेपछि त्यहाको अबस्था सामान्य बनेको स्थानीय बासिन्दा एबम संचारकर्मी तिर्थ केसीले गुरुकुल खबरलाई जानकारी दिए ।

५ चैत्र २०८१, मंगलवार २१:०० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा