Play

सवारी दुर्घटना न्यूनीकरणको लागि गण्डकी मझौला मिनी तथा ट्रक समितिद्धारा प्रशिक्षण

गुरुकुल खबर


पोखरा, गण्डकी मझौला मिनी तथा ट्रक संचालक समिति पोखराले व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षण दिएको छ । समितिले पोखरामा व्यवसायी, चालक र सहचालकलाई ट्राफिक सचेतना, विमा पोलिसी र यातायात कानून सम्बन्धी प्रशिक्षण दिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका बरिष्ठ नायव प्रहरी निरिक्षक शिव पाठकले ट्राफिक नियम र दुर्घटना वारे प्रशिक्षण दिएका थिए । यस्तै गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका कानुनी सल्लाहकार यमबहादुर खत्रीले यातायात कानुन वारे प्रशिक्षण दिएका थिए । नेपाल इन्स्योरेन्सका अधिकृत दिनेश पोखरेलले सडक दुर्घटना र विमा पोलीसी वारे प्रशिक्षण दिएका थिए ।

गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका अध्यक्ष मनोज रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी निरिक्षक शोमा पाण्डेले सडक दुर्घटना न्यूनिकरण गर्नु सबैको दायित्व रहेको बताइन् । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरणका लागि कानून र व्यवहारीक पक्षलाई हेरेर काम गरिरहेको उनको भनाई थियो।

गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका अध्यक्ष मनोज रसाइलीले दुर्घटना न्युनिकरण गर्ने उदेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । सडमा यात्रा गर्दा आवश्यक पर्ने नियम जानकारी भए दुर्घटना स्वतः कम हुने रसाइलीले बताए ।

कार्यक्रममा एवान ग्रेटर नेपालका अध्यक्ष अर्जुन पौडेल, समितिका संस्थापक अध्यक्ष दयााम भारती, निवर्तमान अध्यक्ष राम बहादुर तामाङ, सुरक्षित यात्राका अभियन्ता शिव वस्ताकोटी, एकिकृत यातायात मजदुर संगठन गण्डकीका अध्यक्ष तिलक विश्वकर्मा, समितिका सचिव श्याम कुमार ताम्राकार र उपाध्यक्ष इश्वर बस्याल लगायतले आआफ्नो भनाई राखेका थिए ।

२५ फाल्गुन २०८१, आईतवार ०८:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा