Play

लोकतान्त्रिक अपांग संघ गण्डकीको अधिबेशन, अध्यक्षमा पराजुली

गुरुकुल खबर


पोखरा, पोखरामा सम्पन्न राष्ट्रिय लोकतान्त्रिक अपांग संघ गण्डकी प्रदेश समितिको अध्यक्षमा शंकरप्रसाद पराजुली चयन भएका छन्। आइतबार भएकाे अधिवेशनबाट निर्बाचित कार्यसमितिको उपाध्यक्षमा ताराप्रसाद तिवारी र महामन्त्रीमा युवराज पराजुली चयन भएको बताइएको छ।

कार्यसमितिमा खुल्ला सदस्यतर्फ रूपेश माझी, विष्णुहरी पराजुली, मिठुकुमारी श्रेष्ठ र तारा कुमारी पोख्रेल निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा कृष्णमाया सापकोटा र अनेमिका घर्तीमगर चयन भएका छन्।

जिल्लागत सदस्यहरूमा कास्कीबाट आशा गुरूङ, पर्वतबाट गणेश सुवेदी, तनहुँबाट माधव गिरी, स्याङ्जाबाट हिराबहादुर गुरूङ, म्याग्दीबाट करिष्मा पाइजा गर्बुजा, नवलपुरबाट लक्ष्मी देवी वि.क., गोरखाबाट हरि अधिकारी, मुस्ताङबाट दिनेश थकाली र लमजुङबाट रमा गोल्ने निर्वाचित भएको निर्बाचन समितिका संयोजक पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।

अधिबेशनको उद्घाटन नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले गरेका थिए। उद्घाटन समारोहमा पार्टीका पदाधिकारीहरू, प्रदेश सरकारका मन्त्रीहरू तथा विभिन्न अतिथिहरूको उपस्थिति थियो।

नेपाल डेमोक्रेटिक लयर्स एसोशियसन, कास्कीका अध्यक्ष कमल पौडेलको संयोजकत्वमा गठित निर्वाचन समितिले अधिबेशनबाट नेतृत्व चयन प्रक्रिया सम्पन्न गरेको हो।

 

१२ फाल्गुन २०८१, सोमबार २३:५१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा