Play

पुम्दिमा प्रथम त्रिभुवन स्मृति कप फाइभ ए साइड फुटबल प्रतियोगिता हुँदै

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं. २२, पुम्दीभुम्दीको ठुलिबिडीमा  प्रथम त्रिभुवन स्मृति कप फाइभ ए साइड फुटबल प्रतियोगिता- २०८१ हुने भएको छ । परिबर्तन युवा क्लबले यही फागुन १६ गतेदेखि  उक्त प्रतियोगिता संचालन गर्ने जानकारी शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दिईएको थियो ।

खेलप्रति युवाहरुको आकर्षण बढाउन, प्रतिभा प्रष्फुटन गर्न, दक्ष खेलाडी उत्पादन गर्न, खेलकुदको माध्यमबाट समाजमा सकरात्मक परिवर्तन गर्दै सामाजिक एकता कायम गर्न उक्त प्रतियोगितको मुख्य उद्धेश्य रहेको  अध्यक्ष कमल बरालले बताए ।

नेपाल पत्रकार महासंघका तत्कालिन केन्द्रीय सदस्य, पत्रकार महासंघ गण्डकी प्रदेशका सस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार त्रिभुवन पौडेलको स्मृतिमा उक्त प्रतियोगिता पहिलो पटक हुने भएको क्लवका सचिव एवं प्रतियोगिताका संयोजक सुदिप बरालले बताए । २०७९ माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा परी पौडेलको निधन भएको हो

पहिलो पटक हुन लागेको उक्त प्रतियागिता ठुलिविडीको सिम्लेपाखा खेलमैदानमा यही फागुन १८ गते सम्म सन्चालन हुने छ । परिवर्तन युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रुपैया, उपविजेताले २५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कार प्रदान गरिने भएको छ ।

कास्कीका जिल्ला समन्वय अधिकारी समेत रहेका क्लबका सल्लाहकार नवराज बरालले प्रतियोगितालाई सफल र प्रभावकारी बनाउन सुझाब दिए ।

उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख खर्च लाग्ने भएको क्लवका सल्लाहकार राजेन्द्र बरालले बताए। क्लवको पहलमा सिम्लेपानीमा खेल मैदान निर्माण गरिएको छ ।

प्रतियोगितामा करिब २५ टिमको सहभागिता हुने भएको क्लवका उपाध्यक्ष विवेक बरालले जनाए । पोखरा हट्लाइन दैनिकका प्रवन्ध निर्देशक एवं स्व.पौडेलका दाजु उत्तम पौडेलले उक्त प्रतियोगिता सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा राखे ।

११ फाल्गुन २०८१, आईतवार १३:३३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा