Play

पोखरामा बिद्यार्थी कुट्ने शिक्षक जागिरबाट बर्खास्त

गुरुकुल खबर


पोखरा । पोखराको गण्डकी एकेडेमी विद्यालयका गणित शिक्षक विपिन कार्कीलाई बिद्यार्थी कुटेको अभियोगमा बिद्यालयले बर्खास्त गरेको बुझिएको छ।

शिक्षक विपिन कार्कीले सोहि बिद्यालयमा कक्षा ६ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेका थिए ।  उनको कुटाईबाट बिद्यार्थीको शरीरमा निल डाम देखिएको तस्बिर केहि दिन अगाडी सामाजिक संजालमा समेत आएको थियो ।

आफुले शौचालय जान अनुरोध गर्दा शिक्षकले निर्घात रुपमा कुटेको कारण शरीरमा घाउ देखिएको पीडित बालकले बताएका छन । विद्यालयले कार्कीलाई बर्खास्त गरेपछि घटना सार्वजनिक भएको हो।

प्रहरीले मौखिक उजुरीकै आधारमा शिक्षक कार्कीलाई पक्राउ गरे पनि कसैले लिखित उजुरी नदिएपछि कार्कीलाई हिरासतबाट भोलिपल्ट नै मुक्त गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डीएसपी सन्तोष निरौलाले जानकारी दिएका छन।

११ फाल्गुन २०८१, आईतवार १२:२१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
अर्जुन ओझा