पोखरा, नेपाली नयाँ बर्षको प्रवेशको अबसरमा पोखरामा हुँदै आएको फेवा नवबर्ष महोत्सब यस बर्षपनि हुने भएको छ। पोखराका होटल ब्यबसायीहरुको संस्था होटल संघ पोखराले आगामी चैत ३० देखि बैशाख १ गतेसम्म ३ दिन उक्त महोत्सब गर्ने भएको हो।
अंग्रेजी नयाँ बर्षको अबसरमा रेबान पोखराले लेकसाइड क्षेत्र्मा सडक महोत्सब गर्दै आएकोमा नेपाली नयाँ बर्षलाई पनि उत्तिकै महत्व दिएर होटल संघले फेवा नवबर्ष महोत्सब आयोजना गर्दै आएको छ ।
पोखराको पर्यटन प्रबर्द्दन गर्दै पोखरामा आन्तरिक एबम बाह्य पर्यटकहरु भित्र्याउने तथा नेपाली कला र संस्कृतिको संरक्षण, सम्बर्दन गर्ने उद्धेश्य महोत्सवले लिएको छ । देशविदेशका पर्यटलाई पोखरामा आकर्षित गर्ने र फेवा तालको संरक्षणमा सचेतना फैलाउने उद्धेश्य पनि महोत्सवले बोकेको महोत्सब आयोजक समितिका संयोजक समेत रहेका होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए ।
ड्यामसाइडदेखि गैराको चौतारासम्मको तीन किलोमिटर भन्दा लामो क्षेत्रमा सडकमै यो महोत्सव आयोजना हुने छ । विभिन्न खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने नाचगान, पर्यटकीय स्टलहरु र खेलकूदका कार्यक्रम समेत महोत्सवमा समेटिने भएपनि महोत्सब क्षेत्रमा प्रवेशगर्दा कुनै पैसा नलाग्ने आयोजक समितिले जनाएको छ ।
महोत्सब अबधिमा पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई विभिन्न किसिमको छुट दिईने र त्यसको लागि आबश्यक गृहकार्य भैरहेको बताइएको छ। पोखरा राष्ट्रिय एबम अन्तराष्ट्रिय स्तरमा महत्वपुर्ण पर्यटकीय नगरको रुपमा परिचित भएपनि पोखरा आउने हवाईमार्ग र स्थलमार्ग ब्यबस्थित नहुँदा बिगतमा पर्यटकहरुले पोखरा आउन चाहेर पनि सहज थिएन।
तर, पछिल्लो समय पोखराको नयाँ विमानस्थलबाट हवाई उडान हुन लागेपछि राति अबेर सम्म पनि उडान हुने र मौसम सामान्य प्रतिकुल भएपनि उडान हुने भएपछि बिमानबाट पोखरा आवतजावत गर्नेहरुको संख्यामा उल्लेखनीय वृद्धि भएको छ।
यसैगरि पोखरा प्रवेश गर्ने मुख्य राजमार्ग पृथ्वीराजमार्गको स्तारोन्नतीको काम समेत धेरै सम्पन्न भएकोले स्थलमार्गबाट पोखरा आउनेहरुको लागि सहज भएकोले महोत्सब अबधिमा बिगतमा भन्दा पर्यटकहरुको आगमन धेरै हुने बिश्वास आयोजकहरुको रहेको छ।
निकट भविश्यमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य राष्ट्र जोड्ने गरी उडान हुने तयारी भइरहेको कारण पोखराको पर्यटन विकासले गति लिने बिश्वास होटल संघ पोखराका अध्यक्ष सुवेदीले ब्यक्त गरे ।
महोत्सबलाई ब्यबस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको महोत्सवका संयोजक एवं होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले गुरुकुल खबरलाई जानकारी दिए।
महोत्सवलाई व्यवस्थित रुपमा अगाडि बढाउन आयोजक समितिले पोखरामा एक भेलाको आयोजना गरि उपसमितिका संयोजकहरुको जिम्मेवारी समेत बाँडफाँड गरेको छ । संघका प्रथम र द्वितीय उपाध्यक्ष क्रमशः दीपक श्रेष्ठ र गणेशराज पहारी महोत्सवको सहसंयोजकका रुपमा रहेका र संघका अन्य पदाधिकारी र सदस्यहरुलाई पनि विभिन्न जिम्मेवारी प्रदान गरिएको छ ।
कोभिड १९ को महामारीपछि नराम्रोसंग प्रभावित भएको पर्यटन ब्यबसायलाई लयमा फर्काउन महोत्सव सहयोगी हुने अपेक्षा गरिएको छ । महोत्सवको प्रचार तथा आन्तरिक पर्यटकलाई बढवा दिन संघले दुई दशक अघि देखि ‘जाउँ है पोखरा’ अभियान समेत संचालन गर्दै आएको महोत्सवका सहसंयोजक गणेशराज पहारीले जानकारी गराए।
यसैबिच संघले नेपाल पर्यटन बोर्ड गण्डकीको प्रमुखको जिम्मेवारी सहित पोखरा कार्यालयमा आएका आएका मणिराज लामिछानेलाई कार्यक्रममा स्वागत गरेको थियो । त्यस अवसरमा प्रमुख लामिछानेले गण्डकी प्रदेशको पर्यटन प्रबर्द्दनमा होटल संघ लगायत पर्यटनसंग सम्बन्धित सबै संघसंस्थासंग हातेमालो गरेर अगाडि बढ्ने भनाई राखेको थिए ।