पोखरा, नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले मुलुकका सातवटा प्रदेशमा ‘संविधान संशोधन : आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने क्रममा शनिबार गण्डकी प्रदेशको पोखरामा उक्त कार्यक्रम गर्ने भएको छ।
नेपाली काँग्रेस र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको संयुक्त आयोजनामा हुने यस किसिमको कार्यक्रम यस अगाडी कोशी, बागमती र मधेश प्रदेशमा सम्पन्न भएको र शनिबार गण्डकी प्रदेशको पोखरामा आयोजना गरिएको जानकारी पेशागत तथा बुद्धिजीवी विभागका संयोजक एबम नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले गुरुकुल खबरलाई जानकारी दिईन।
यस्तै प्रकृतिको कार्यक्रम केहि दिन भित्रमा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा गरिने बताउंदै डा. संग्रौलाले पोखरामा गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया गर्न लागिएको र
पेशागत तथा बुद्धिजीवी विभागका संयोजक एबम नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाका अनुसार वर्तमान निर्वाचन प्रणालीबाट कुनै पार्टीको बहुमत नआउने र जनताको चाहना पूरा गर्न सक्ने अवस्था नभएकै कारण संविधान संशोधनमार्फत निर्वाचन प्रणाली लगायतका बिषयमा उपयुक्त सुझाब संकलन गर्न यस किसिमको कार्यक्रम आयोजना गरिएको हो ।
गुरुकुल खबरसंग कुरा गर्दै उनले यस अगाडी सम्पन्न भएका कार्यक्रममा संबिधानको संसोधन गर्ने सम्बन्धमा विभिन्न सुझाब प्राप्त भएको बताईन । गणतन्त्रपछि पनि नेपाली जनताका चाहना पूरा गर्न नसकिएको स्वीकार गर्दै कांग्रेस केन्द्रीय सदस्य डा संग्रौलाले प्रदेश सरकारको औचित्यका बारेमा पनि नागरिकस्तरबाट कुरा उठ्न थालेको जानकारी दिईन।
उनका अनुसार बर्तमान निर्बाचन प्रणाली अनुसार निर्बाचन गर्दा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने भएकोले यो निर्बाचन प्रणालीमा परिबर्तन गर्नुपर्ने, समानुपातिक सांसद बनाउने ब्यबस्था राष्ट्रिय सभामा मात्र लागु गर्नुपर्ने र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्बाचित सांसदको थलो बनाउनु पर्ने तर विभिन्न जातजाती र भूगोलको हिसाबले समाबेशी बनाएरा प्रत्यक्ष निर्बाचित सांसद बनाउनुपर्ने जस्ता सुझाब यस अगाडिको कार्यक्रममा आएका छन ।
देशका तीनवटा प्रदेशमा यस किसिमका कार्यक्रम गर्दा न्यायपालिकलाई स्वतन्त्र बनाइनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता बिषयमा संबिधानमा लेखिएका कुराहरुको कार्यान्वयन प्रभावकारी हुनुपर्ने अन्यथा संबिधानबाट हटाउनुपर्ने सम्बन्धमा समेत जनस्तरबाट सुझाब आएको डा. संग्रौलाले बताईन । उनका अनुसार जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने, नेपाललाई हिन्दुराज्य कायम गर्नुपर्ने र अहिलेको जस्तो संघियतामा पुनरावलोकन गर्नुपर्ने जस्ता बिषयमा सुझाब प्राप्त भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका पुर्ब महामन्त्री समेत रहेका केन्द्रीय सदस्य डा. शसांक कोइराला लाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको बताईन । कार्यक्रममा सहभागी बन्न नेपाली काँग्रेसका महामन्त्री एबम बर्तमान केन्द्रीय सदस्य शशांक कोइराला पोखरा आइसकेका छन।
कांग्रेस केन्द्रीय सदस्य डा संग्रौलाले पत्रकार सम्मेलनमा बोल्दै यस क्षेत्रका कांग्रेसका विभिन्न पेशागत सङ्गठन र पार्टीका नेता कार्यकर्ता सहित करिब ३ सयको उपस्थितिमा हुने अन्तरक्रिया कार्यक्रममा संविधान संशोधनसम्बन्धी दुईवटा कार्यपत्र प्रस्तुत गरि छलफल हुने कार्यक्रम रहेको जानकारी दिईन ।
डा. संग्रौलाको अनुसार संबिधानविद राधेश्याम अधिकारी र डिएलएका अध्यक्ष बरिष्ठ अधिबक्ता सिताराम केसीले कार्यपत्र प्रस्तुत गर्ने र सहभागीहरुले विभिन्न सुझाब दिने गरि कार्यक्रम तय गरिएको छ।
सम्मेलनमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संविधान संशोधन मार्फत देशलाई अगाडि बढाउन जरुरी रहेको बताउँदै गण्डकी प्रदेशमा हुने छलफलले महत्वपूर्ण मार्ग निर्देश गर्ने बताए । प्रदेश सभापति शर्माको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवम् प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले गरेका थिए ।