Play

बेईमानी गरेर पाएको सफलता समाजको लागि उपयोगी हुँदैन – प्रम ओली

पोखरा विश्वबिद्यालयका करीब आठ हजार बिधार्थी दिक्षित


गुरुकुल खबर


पोखरा, प्रधानमन्त्री केपी शर्मा ओलीले सानो देशमा छु भन्ने हीनताबोध सहितको भावना नराख्न सबैलाई आग्रह गरेका छन् । कास्कीको लेखनाथमा विहीबार आयोजित पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दास मनोवृत्ति राख्ने होइन । कमजोर भावना, हिन भावना, सानो देशको ग्रन्थी…त्यस्तो पाल्ने होइन । कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन।’

‘हामी ४० औं ठूलो देशमा पर्छौं । १ सय ५३ देश हामीभन्दा साना छन् दुनियाँमा, अनि हामी कसरी सानो ?’ उनले भने ।

विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्न आग्रह गरे । विश्वविद्यालयलाई रुपान्तरणकारी काम गर्न आग्रह गर्दै उनले थपे, ‘हामीसँग उर्बरभूमि छ । यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ । यस काममा विश्वविद्यालय लागोस् । सरकार विश्वविद्यालयको साथमा छ ।’

दीक्षित विद्यार्थीहरूलाई ओलीले आत्मविश्वास र इमानपूर्वक समाजका लागि सकारात्मक काममा आफ्नो ज्ञान उपयोग गर्न उनले अनुरोध गरे ।इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन । तपाईँहरुले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन,’ प्रधानमन्त्री ओलीले भने ।

उनले थपे, ‘तपाईँहरू समाज र देशका लागि उपयोगी हुनुपर्छ । आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ । देश र समाजका लागि केही गर्नुस् । नागरिक सर्वोच्चताको गर्व तपाईँहरूमा होस् ।’

‘आफ्ना लागि चरा, फट्यांग्रा, किरा जसले पनि आफ्नो लागि चारो खोजेकै हुन्छ, पेट पालेकै हुन्छ, कुदैकै हुन्छ,’ उनले भने, ‘आफ्ना लागि गर्नु भनेको धेरै ठूलो कुरा होइन । आफ्ना लागि मात्रै गर्न खोजियो भने स्वार्थी भइन्छ । निजात्मकता बढ्छ । आत्मकेन्द्रित हुन्छ मान्छे । त्यसकारण परिवारका लागि हुनुस्, समुदायका लागि हुनुस्, देशका लागि हुनुस् ।’

समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गराएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

८ फाल्गुन २०८१, बिहीबार २३:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा