Play

बेलुन पड्किंदा घाइते भएका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज, पक्राउ परेका कमलेश जमानीमा रिहा

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष- २०२५ कार्यक्रमको उद्घाटन समारोहमा बेलुन पड्किएको घटनामा पक्राउ परेका एक भारतीय नागरिकलाई हाजिर जमानीमा रिहा गरिएको छ। उक्त घटना यहि फागुन ३ गते पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा भएको हो।

उद्घाटन समारोहकै क्रममा बेलुन पड्किएर पोखराका मेयर धनराज आचार्य र नेपाल सरकारका अर्थ मन्त्री बिष्णु पौडेल घाईते भएका थिए।

दुवैजनाको पोखरामा सामान्य उपचार पछि काठमाडौँ लगेर किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो।  मेयर आचार्य बिहिबार फागुन ८ गते मात्र अस्पतालबाट डिस्चार्ज भएको भएपनि पौडेल दुई दिन अगाडि नै डिस्चार्ज भएका थिए ।

यसैबीच उक्त घटनामा बेलुनमा ग्यास भर्ने भारतीय नागरिकलाई तत्कालै पक्राउ गरिएको भएपनि बुधबार उनलाई हाजिरी जमानीमा रिहा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीको निर्णय अनुसार हाइड्रोजन ग्यास भर्ने ४१ वर्षीय कमलेश कुमारलाई हाजिर जमानीमा रिहा गरिएको कास्कीका एसपी श्यामबावु ओलियाले संचारमाध्यमलाई जानकारी दिएका छन ।

वडा प्रहरी कार्यालय बैदामले उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरेको थियो । कमलेश कुमारले ग्यास भर्न प्रयोग गरेको हाइड्रोजनको सिलिन्डर प्रहरीले बरामद गरेको छ ।

उनले ग्यास भर्न अनुमति नलिएको एसपी ओलियाले जानकारी दिए । प्रहरीले बरामद गरेको सिलिन्डर पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरामा बुझाएको छ । आरोपीलाई आइतबार सो कार्यालयमा उपस्थित गराउने ओलियाले जानकारी दिए ।

घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा समिति  गठन गरिएकोमा सोहि समितिले छानबिन गरिरहेको छ ।

८ फाल्गुन २०८१, बिहीबार २०:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा