Play

विभिन्न बहाना खोजेर महायज्ञ रोक्ने प्रपन्च नगरौं, हाम्रो पोखरालाई राम्रो पोखरा बनाऔं

गुरुकुल खबर


  • शंकर खराल 

पोखराको लेकसाइडमा आगामी बैशाख महिनामा ‘श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ संचालन गर्नको लागि आबश्यक तयारी शुरु भएको छ। यो कोटीहोमा केवल महायज्ञको लागी यज्ञ होइन । पोखराको भबिष्य बदल्न सक्ने एउटा महामहोत्सब पनि हो। पोखरामा कोटिहोमको आयोजना अरबौ रकम उठाउने लक्ष्यले गरिएको होईन । कसैले ठगेर लैजान्छन कि भन्ने पनि छैन। स्थानीय सरकारको प्रतिनिधि र स्थानीयको सहभागितामा आर्थिक अनुगमन समिति बनाउने भन्ने सहमति भैसकेको छ। ड्यासमा बोलाउने वक्ता, अतिथि, पाहुना बाहेक अनुष्ठान पक्ष शास्त्रीय अनि बिधिसम्मत बनाउन धार्मिक संस्थाका प्रतिनिधिहरुको सल्लाहको साथै रोहवर र अनुगमनमा नै गर्ने भन्ने पुर्व सहमतिमा हामीले सहयोग गरेका छौ।

भारतमा चलिरहेको महाकुम्भमा पुग्ने ४० करोड मध्ये झण्डै २५ लाख नेपाली त्यहाँ पुगेर कुम्भ स्नान गरे होलान । देवघाट महामहोत्सवको कारण १०लाख भक्तजन यो बर्ष देवघाट पुगेको अनुमान गरिएको छ।अघिल्लो बर्ष स्वामी कमलनयनचार्य महाराजजीले बाग्लुङ पन्चकोट्मा  आयोजना गरेको महायज्ञका कारण सातलाख बढी भक्तजन बाग्लुंग भित्रिएको अनुमान गरिएको छ ।

पोखरामा अहिलेसम्म योगसंग सम्बन्धित केहि कार्यक्रम भएपनि धार्मिक पर्यटक भित्र्याउने गरि ठुला र महत्वपुर्ण कार्यक्रम हुन सकेका छैनन।यसको पहिलो कारण हो, स्थानीय सरकार र पर्यटन क्षेत्रले धार्मिक पर्यटन लाई महत्त्व नदिनु । दोश्रो कारण, पोखरामा यति ठुलो इभेण्ट गर्न श्रोत साधनको कमी हुनु। तेस्रो कारण, यस किसिमका कार्यक्रमकोलागि साथ दिनेहरु, उत्साह भर्नेहरुको कमी हुनु।

उल्लिखित कारण बाहेक बिदेशी दाता सहित विभिन्न एनजीओ र आइएनजिओ जसका कारण कृष्चियन धर्मको प्रभाव फैलाउने उद्धेश्यका उनीहरुकै योजनामा पोखरामा हुन लागेको महायज्ञमा भित्री हस्तक्षेप पनि महत्वपुर्ण कारण मान्न सकिन्छ। त्यसैले पोखरालाई नेपाली कृष्चियनको जन्मभुमि पनि मानिन्छ । यहाँ चर्च र सच्चाइ केन्द्र निर्विवाद चलेका छ्न । राज्य र नेताबाटै संरक्षित छ्न। कतिपय आवरणमा हिन्दू देखिए पनि विभिन्न आवरणमा नेतृत्व गर्नेले नै विभिन्न बहानामा सनातन हिन्दू गतिविधिमाथि भित्रबाट प्रहार गर्छ्न। यो नेपालमै सबैभन्दा बढी कृप्टोले खेलाएको ठाउँ हो।

कुनै एउटा कार्यक्रम गर्न स्टेज, पण्डाल, साउण्ड सिस्टम जुटाउन हम्मे हम्मे पर्ने र अरुको मुख ताक्नुपर्ने हाम्रो धार्मिक क्षेत्रले विशाल कार्यक्रम गर्नसक्ने कुरै भएन। केहि पौराणिक महत्त्व बोकेका मन्दिर र नयाँ बनेका मन्दिर पनि छ्न, जसले करोडौंको काम पनि गरेका छ्न। धार्मिक पर्यटक भित्र्याउन ठूलो सहयोग पनि भएको छ। तर, वहाँहरुले चाहेर पनि आफैं आयोजक बनेर यस्ता विशाल अनुष्ठानको जोखिम लिन सक्नुहुन्न यसमा केही बाध्यता र केहि समस्याहरु पनि छ्न।

केहीबर्ष अगाडी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ मन्दिरमा दर्शन गर्न गएकै कारण हाल मुक्तिनाथ पुग्ने धार्मिक पर्यटकको संख्या तिन सय प्रतिशतले बढेको बुझिएको छ। यदि हामीले भारतका सुप्रसिद्द कथाकार, जगद्गुरु शंकराचार्य, विशिष्ट साधुसन्त ल्याएर विशाल धर्म सभा सहितको अनुष्ठान गर्नसक्ने हो भने भारतबाट आउने धार्मिक पर्यटकको संख्यापनि धेरै बढ्न सक्छ। मलाई त लाग्छ, अहिलेको भन्दा धार्मिक पर्यटकको आगमन १ हजार गुणा बढ्न सक्छ।

इभेण्ट त एउटा निश्चित समयमा हुन्छ अनि सकिन्छ, तर त्यस किसिमको इभेन्ट अर्थात सकारात्मक कार्यक्रमले छोडेको प्रभावका कारण  पोखरा एउटा धार्मिक पर्यटनको हव बन्नसक्नेमा दुईमत छैन। उत्तराखण्ड कै कारण हरिद्वार बनेको हो भने मुक्तिनाथको कारण मुक्तिद्वारको रूपमा पोखराको धार्मिक विकास किन हुन सक्दैन ? यस तर्फ स्थानीय वा प्रदेश सरकारमा बस्नेहरुले गम्भीर भएर सोच्नुपर्ने हो, तर त्यसतर्फ न त सोचाई, न त कुनै योजना वा न त कुनै बजेटको ब्यबस्था गरिएको छ।

पर्यटनको राजधानी घोषण भएको पोखरामा दुईसय जना बस्नसक्ने क्षमताको एउटा धर्मशाला पनि छैन। यो भन्दा बेइज्जत के हुन सक्छ ? हाम्रो चाहना र लक्ष्य  भनेको यहाँको प्राकृतिक सम्पदाको संरक्षण, प्राकृतिक सौन्दर्यको रुपमा रहेका ताल, हिमाल र गुफाहरुको संरक्षण, स्वच्छ बाताबरण सहितको सुन्दर पोखरा निर्माण गर्नु हो। सरकारी पदमा बस्नेहरुलाई समेत सहयोग गरेर हाम्रो पोखरलाई राम्रो पोखरा बनाउने हाम्रो चाहना हो।

हाम्रो दृढ इच्छा हुँदाहुदै पनि कतैबाट सहयोग पाइएको छैन। कारण माथी नै उल्लेख गरिसके। जे जस्तो विवाद, पृष्ठभुमि भएपनि काठमाडौ पशुपति कोटिहोमको चर्चा चुलिएको थियो। त्यहीँको अनुभव र त्यहाँ भएका कमि कमजोरीलाइ सच्चाउदै सुन्दर पोखरा, स्वच्छ पोखरा निर्माण गर्ने हाम्रो लक्ष्य पूरा गर्न यो कोटिहोम महत्वपुर्ण माध्यम बन्नसक्छ भन्ने धेरै आधारहरु छन।

नेपालमा सबैभन्दा धार्मिक पर्यटक आउने पशुपतिनाथ मन्दिरमा नै हो। सबैभन्दा बढी दाहसंस्कार, होमन पनि त्यही हुन्छ। अन्तराष्ट्रिय विमानस्थल पनि त्यहि नजिक छ तर पनि काठमाडौँका पर्यटन व्यबसायीहरु खुशी छ्न। भारतको काशीमा पोखरामा भन्दा एक हजार गुणा पर्यटक घुम्न जाने गर्छन। त्यहाँको भिडमा मानिसले ज्यान जोगाउन समेत गाह्रो छ।

पोखराको फेवातालमा रहेको तालबराहीको मन्दिरको पुननिर्माण पछि पहिलेको भन्दा भब्य बन्दैछ। त्यसपछि तालबाराही मन्दिरमा पनि ठुलो संख्यामा धार्मिक पर्यटकहरु भित्र्याउने लक्ष राखिएको छ। फेवाताल किनारा वा दायाँबायाँबाट फोहर फाल्ने गरिएको, फुटट्रयाकमा हिड्नेले मलमुत्र त्याग्ने स्थान बनेको र विकास र संरक्षणनको पर्खाईमा रहेको नेपाल ट्रष्ट्को स्वमित्वमा रहेको जग्गामा ११ लाख रुपैया भाडा तिरेर महायज्ञ गर्न खोज्दा बिरोध गर्नुको पछाडिको रहस्य अझै बुझ्न सकिएको छैन ।

जग्गाको स्वमित्व रहेको नेपाल ट्रष्ट, पोखरा महानगरपालिका वडा न. ६ सहित सरोकारवाला कार्यालयले अनुमति दिएको र पोखराको उच्च अदालतले समेत कानुनले बन्देज गरेका कुरामा बाहेक महायज्ञ संचालनमा कुनै अबरोध नगर्नु भन्ने आदेश सहितको निर्णय गर्दा पनि अझै महायज्ञ रोक्ने कुत्सित मनसाय सार्बजनिक भैरहनुको पछाडीको रहस्य अझै खुल्न सकेको छैन ।

महायज्ञको लागि रुख काटिएको विषय एकतर्फी रुपमा महायज्ञका आयोजकहरु माथि मात्र थोपर्ने प्रयास गरियो तर केहि दिन भित्रमा नै महानगरपालिकाले लागाएको दोषारोपण आफै विरोधाभाष  बनिसकेको सबैले महशुस गरिसकेका छन। वरपिपलका रुखहरु काटिएकोमा हामी सबै दुखी छौ। ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ किन बनाउन खोजिंदै छ ?

महायज्ञलाई समिधा स्वरुप दाउरा चाहिन्छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो। तपाईंहरुलाइ समिधा चाहिने भए हामीले रुख काट्दैछौ, आएर लैजानुस भनेकै कारण महायज्ञका आयोजकहरु आफ्नो खाँचो पुरा गर्न रुख काटिएको ठाउँमा दौडेर गए, अनि दाउरा ल्याए । जसका कारण हप्तौंसम्म रुखका हाँगाले सडक रोकिएको र फोहर भएको पनि सफा भयो ।

महायज्ञका आयोजकहरु आफै रुखमा चढेर बिना अनुमति रुख काटेको भए पो महायज्ञ गर्नेले रुख काटे भन्नु, नत्र के को दन्त मझाइ हो ? दोषी भए कार्बाही गरे भैगो नि, नत्र किन हल्लामात्र गर्ने ? रुख काटिएको लगायतका विभिन्न बहाना खोजेर महायज्ञलाई रोक्ने प्रपन्च गर्नेहो भने महायज्ञका विरोधीहरु एकदिन इतिहासमा कलंकित बन्ने दिन आउने निश्चित छ।

अन्त्यमा, नेपालको संविधान, प्रचलित कानुन, न्यायपालिका, नेपाल ट्रष्ट आदिको सम्मान गरौ। हामी सबैको अपनत्व हुने गरि र एक अर्कामा कुनै द्वेष नराखी काम गरौं । पोखरालाई राम्रो बनाऔ।

( शंकर खराल विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष हुन  )

२ फाल्गुन २०८१, शुक्रबार २०:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा