Play

पोखराबाट शुभ अधिकारी ट्राभल्सले पनि शुरु गर्यो ‘सुबिधासम्पन्न बससेवा’

गुरुकुल खबर


पोखरा, सार्वजनिक यातायातको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको शुभ अधिकारी ट्राभल्स प्रालिले अत्याधुनिक सुविधा सम्पन्न बसमा लगानी विस्तार गरिरहेको छ । विशेष गरी पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौंसम्म जोड्ने गरी प्रालिले सुविधा सम्पन बस संचालनमा ल्याएको हो ।

यसैक्रममा प्रालिले पोखरादेखि काठमाडौंको साखुसम्म सोफासिट सहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ । यस अगाडि पोखराबाट जोरबाटीसम्म बस सञ्चालन गरिरहेको प्रालिले माग १ गतेबाट साखुसम्म सेवा विस्तार गरेको प्रालिका सञ्चालक सज्जन अधिकारीले जानकारी दिए । एसी तथा हिटरको सुविधा रहेको बसमा यात्रुलाई ब्लाङकेट, वेलकम स्न्याक्स, वाइफाइ लगायतको सुविधा पनि उपलब्ध छन् ।

मात्र १२ सय रुपैयाँ भाडादरमा ‘भिआइपी’ बसमा यात्रा गर्ने अवसर ग्राहकले प्राप्त गर्ने अधिकारीले जानकारी दिए । ‘हामीले यात्रुको सुविधालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न बसमा लगानी विस्तार गरेका छौं,’ उनले भने ।

पोखराको जिरो किमीबाट छुट्ने बस लेकसाइड, मुस्ताङचोक, पृथ्वीचोक हुँदै काठमाडौंका लागि प्रस्थान गर्नेछ । यात्रुले इसेवा लगायत अनलाइनबाट पनि बसको टिकट बुकिङ गर्न सक्ने जनाइएकोछ । प्रालिले पोखरा काठमाडौंका लागि दैनिक र रात्रिकालीन सेवामा बस सञ्चालन गरिरहेको अधिकारीले जानकारी दिए ।

२८ माघ २०८१, सोमबार १३:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा