Play

पोखरा क्रिकेट क्लबद्वारा अरण्यज्योती क्लब पराजित

गुरुकुल खबर


पोखरा, पोखरा क्रिकेट क्लबले पहिलो जित निकाल्ने क्रममा अरण्यज्योति क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धा अरण्यज्योतिले दिएको ५२ रनको लक्ष्यलाई पोखरा क्रिकेट क्लबले १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा टस जितेको अरण्यज्योतिले पहिलो इनिङमा केवल ५१ रनमै समेटियो । नवौं नम्बरमा आएका मुकेश गुप्ताले सर्वाधिक १५ रनको योगदान दिए । सुवास भण्डारी र प्रेम गुरुङले समान ३ विकेट लिएपछि अरण्यज्योति सामान्य लक्ष्यमा सीमित हुन पुग्यो ।

५२ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लबले मुस्कान थापाको अविजिति ३७ रन योगदानमा सहज जित निकाल्यो । उनले जितसम्म रोशन पौडेलले १३ रनमा अविजित हुँदै साथ दिए । सुवास प्लयेर अफ दि म्याच घोषित भए ।

अर्को खेलमा कास्की क्रिकेट क्लबले जितलाई निरन्तरता दिने क्रममा सांग्रिला क्रिकेट क्लबलाई ५४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कास्कीले अर्जुन कुमालको अर्धशतकीय पारीमा ७ विकेटको क्षतिमा १ सय ५६ रन बनायो । ओपनर सोहेल कुँवरले २७ बलमा ३४ रन बनाए । कुमालले ४६ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरेका थिए । रोशन चन्दले २५ रन बनाए । लक्ष्मण परियारले ४ विकेट लिए ।

नितेश गिरीले किफायति बलिङ गर्ने क्रममा केबल ५ रनमात्रै खर्चेर ३ विकेट लिएपछि सांग्रिला १०६ रनमा समेटियो । सिब्रिन श्रेष्ठले ५६ बलमा ५५ रनको महत्वपूर्ण योगदान दिएपनि हार टार्न भने सकेनन् । उनले ३ चौका र २ छक्का प्रहार गर्दा अरुण अधिकारीले २९ रन बनाउने क्रममा २१ बल खेल्दै ५ चौका र १ छक्का स्कोर कार्डमा चढ्यो । आदित्य थापा र रोहित चन्दले समान २ विकेट लिए । खेलमा अर्जुन कुमाल प्लेयर अफ दि म्याच घोषित भए ।

२६ माघ २०८१, शनिबार २३:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा