Play

धादिंगका चेपाङ विद्यार्थीहरूको शिक्षाका लागि अमेरिकाबाट ५ लाख बढी सहयोग

गुरुकुल खबर


न्यूयोर्क (अमेरिका), अमेरिकाको न्युयोर्कमा रहेको संस्था कोअर्डिनेसन कमिटि अफ नेपाली कम्युनिटीज युएसएले चेपांग समुदायका बिद्यार्थीहरुको शिक्षाका लागि भनेर ५ लाख २१ हजार रुपैया सहयोग प्रदान गरेको छ। धादिङ जिल्लामा आयोजित सप्ताहव्यापी श्रीमद्भागवत महायज्ञको अवसरमा चेपाङ समुदायका विपन्न विद्यार्थीहरूको शिक्षाका लागि अमेरिकामा संकलित उक्त रकम हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी वेदप्रसाद खरेलले प्रवासी नेपाली समुदायको एकताले यस्ता परोपकारी कार्यलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्दै अहिले शिक्षा अभियानमा साथ दिएको र भोलि अन्य कुरामा सहयोग गर्न संस्था तयार रहेको बताए।  विदेशमा रहेर पनि मातृभूमिप्रति हाम्रो जिम्मेवारी उत्तिकै छ भन्दै खरेलले हामी सबै मिलेर असल कार्यमा लाग्ने हो भने समाजको मुहार फेर्न समस्या नहुने उल्लेख गरे।

“शिक्षाको लागि भिक्षा” भन्ने नारासहित शिक्षाबाट बञ्चित बालबालिकाहरूलाई सहयोग पुर्याउने उद्धेश्यले महायज्ञको आयोजना गरिएको हो। धादिङका दुर्गम क्षेत्रमा अध्ययनरत चेपाङ विद्यार्थीहरू आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बुझिएको छ। वेनीघाट, रोरांग गाउँ पालिका, धादिङमा शिक्षाको लागि भिक्षा अभियानको आयोजना गरिएको छ।

यहि माघ १७ देखि २३ सम्म संचालित गरिने अभियानको मुख्य उद्देश्य गरिब, असहाय र सिमान्तकृत बालबालिकाको पोषण, स्वास्थ्य, र शैक्षिक उन्नयनका लागि अक्षयकोष निर्माण गर्ने रहेको छ ।

समाजसेवी होमनाथ थपलियाले प्रवासवाट सहयोगी एवं परोपकारी व्यक्तिहरूले आफूहरूको अभियानमा खुला मनले सहयोग गर्नु भएको देखेर थप उत्साह जागेको बताए।  सहयोग संकलन अभियानमा धादिङमा जन्मिएर हाल लङआईल्यान्ड, न्यूयोर्कमा बसोबास गर्दै आएका समाजसेवी निर्मल थपलिया विशेष रूपमा सक्रिय रहेको अमेरिकाबाट विश्वराज बाँस्तोलाले गुरुकुल खबरलाई जानकारी दिए।

संस्थाका अध्यक्ष बाबुराम शर्मा, महासचिव शंकर भण्डारी, तथा अन्यले पनि अभियानमा सहयोग गरेको बुझिएको छ। समाजसेवा र परोपकारी कार्यमा निरन्तर संलग्न रहँदै आएको संस्थाले भविष्यमा पनि शिक्षा, स्वास्थ्य, तथा विपन्न वर्गको उत्थानका लागि योगदान दिने प्रतिबद्धता जनाएको छ।

२३ माघ २०८१, बुधबार १९:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा