Play

कांग्रेसको पोखरा सम्मेलन- बक्ताहरुको टिप्पणीमा देउवा मौन, कांग्रेसको नेतृत्वमा जनताको काम हुनुपर्नेमा जोड

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको पोखरा महानगरको तेश्रो सम्मेलन आइतबार पोखरामा सम्पन्न भयो। मुलुकको प्रमुख राजनीतिक दल नेपाली काँग्रेसको पोखरा महानगरको तेश्रो सम्मेलनको उद्घाटन काँग्रेसका केन्द्रीय सभापति एबम पूर्व प्रधानमन्त्री शेर बहादुर देउबाले गरेको थिए । उद्घाटन मन्तब्यको क्रममा देउबाले कुनै राजनीतिक अभिव्यक्ति भने दिएनन

नेपाली काँग्रेस सहित सहभागी नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वमा सरकार चलिरहेको र कांग्रेसका कतिपय नेताहरुले कांग्रेस सहितको सरकार रहेको अनुभूति कांग्रेस कार्यकर्तालाइ नभएको भन्दै उद्घाटन समारोहमा अभिव्यक्ति दिएका थिए। यसबाहेक पार्टीको महाधिबेशन निर्धारित समयमा हुनुपर्ने, पार्टीको बिधान संसोधन हुनुपर्ने र पार्टी भित्रको गुट उपगुट अन्त्य गर्नुपर्ने लगायतका राजनीतिक विषयमा धेरै बक्ताले कुरा उठाएको भएपनि कार्यक्रमका प्रमुख अतिथि देउबाले यस्ता कुनै पनि राजनीतिक बिषयमा केहि बोलेनन। बरु उनले पोखराको सुन्दरताको बारेमा चर्चा गर्दै यसलाई जोगाईराख्न कांग्रेसले नेतृत्व लिएर काम गर्नुपर्नेमा जोड दिए ।

करिब पांच मिनट मात्र बोलेका देउबाले अधिकांश समय पोखराको सुन्दरता र आकर्षणको बारेमा चर्चा गरेर नै बिताए ।  पोखरा निकै महत्वपूर्ण ठाउँ हो । यो पर्यटकीय राजधानी पनि हो पोखराका ताल हिमाल हेर्नको लागि नेपाल भित्र र बाहिरबाट ठुलो संख्यामा पर्यटकहरु आउन चाहन्छन। तर, पछिल्लो समय पोखराको सुन्दरता घट्दै गएको उनले बताए।

देउबाले भने ‘म केहि समय पोखराको जेलमा बस्दा पोखरा र माछापुच्छ्रेको सुन्दरता लोभलाग्दो थियो। तर, सेतो देखिने हिमालमा अहिले हिउँ देखिदैन। विश्वब्यापी बाताबरणको समस्या पनि होला अब काँग्रेसकै नेतृत्वमा पोखराको सुन्दरता र आकर्षण जोगाउने काम गर्नुपर्छ- सभापति देउवाको भनाई थियो ।

देउवा भन्दा अगाडी बोल्ने दर्जन बढी नेता कार्यकर्ताले विभिन्न तहका सरकारको काम कारबाहीको बारेमा, कांग्रेसको आन्तरिक राजनीति सहित बिधान संसोधन, गुट उपगुटको अन्त्य र पार्टीको आसन्न १५ औं महाधिबेशन लगायतका बिषयमा धेरै कुरा उठाएको भएपनि देउबाले यस बिषयमा केहि बताएनन।

’देउवा भन्दा अगाडी बोलेका सहमहामन्त्री जीवन परियारले चुनाबको जितहारको प्रसंग निकालेका थिए । परियारले कांग्रेसले यसअघि अर्कै पार्टीको उमेद्वारलाइ जिताएर पोखराको मेयरलाई जिताएको भएपनि अहिले कांग्रेसले नै मेयरको कार्यकक्षमा ताला लगाउने अवस्थामा आउनु दुखद भएको टिप्पणी गरेका थिए ।

परियारको उक्त टिप्पणी पछि देउबाले भने, ‘कांग्रेस जिम्मवार पार्टी हो । यहाँ जितहार होला । जिते पनि धेरै उत्ताउलो हुने कुरा छैन । त्यसकारण साथीभाइ एक भएर अगाडि बढ्नुहोला ।’ पोखरालाई आर्थिक रुपमा अझ अगाडि लैजानुपर्छ । त्यसका लागि हाम्रो महानगरपालिका समितिलाई नेतृत्व लिन अनुरोध गर्छु,।

२१ माघ २०८१, सोमबार ००:०९ मा प्रकाशित
Nabintech