Play

सांसद पदबाट आफ्नो निलम्बन फुकुवाको माग गर्दै सभामुखकोमा पुगे लामिछाने

गुरुकुल खबर


काठमाडौं, सहकारी संस्थाहरुको रकम अपचलन सहित विभिन्न आरोपमा मुद्धा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन फुकुवा गरिदिन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।

अदालतले आफुमाथि लागेको अभियोगका आधारमा पुर्पक्षका लागि  थुनामा पठाउने निर्णय गरेको भए मात्र सांसद पदबाट निलम्बन हुनुपर्नेमा अदालतको निर्णय नभएपनि निलम्बन गरिएको कारण सांसद बाट गरिएको निलम्बन फुकुवा हुनुपर्ने उनले माग गरेका छन ।

सभामुखलाई निवेदन दिँदै लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निवेदन कानुन सम्मत नभएको भन्दै आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।

जवाफमा सभामुखले विद्यमान कानुन, संसद् नियमावली र अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताएका थिए ।

‘कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरू कोही थियो । आज म छु । भोलि अरू कोही हुनसक्छ । तर पदमा रहँदा कानुनको परिपालना गर्नु मेरो दायित्व हो’, सभामुखले लामिछानेलाई भने, ‘तपाईंहरुले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद् सुरु हुने अन्तिम समयमा छौँ ।’

त्यस्तै सभामुख घिमिरेले रविले आफ्नो कुरा राखेपछि केही प्रश्न समेत सोधेका छन् । ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?’, सभामुखको प्रश्नपछि रविले कानुन व्यवसायीलाई स्पष्ट पार्न भनेका थिए । रवि भेट्नेवित्तिकै सभामुखले स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

रास्वपाकी सांसद सोबिता गौतमका अनुसार लामिछानेले सांसद पदबाट निलम्बन फुकुवाको माग गर्दै निबेदन दिएका छन  ।  सभामुख घिमिरेलाई भेट्न रास्वपा सभापति लामिछाने सिंहदरबार स्थित सभामुखको कार्यालयमा केहि समय अगाडी पुगेका थिए ।

१८ माघ २०८१, शुक्रबार १२:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा