Play

मुस्लिम युवा समिति द्वारा आयोजित अलीमियाँ स्मृति चौथो खुल्ला सेभेन ए साइड फुटबल जारी

गुरुकुल खबर


पोखरा,  लोककवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ६ खेल भएका छन् । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा रामघाट एफसी, न्युरोड एघार, पोखरा जब्स, सिभिक कन्स्ट्रक्सन, ए सेभेन ब्रोदर्स, ८२९ फ्याम्ली र स्लाइट एफसी (बी) दोस्रो चरणमा प्रवेश गरेका छन् ।

रामघाटले लिभिक एफसी (बी)लाई १–० गोल अन्तरले पराजित गर्दा स्नीकम भल्टलाई न्युरोड एघारले १–३ गोल अन्तरले पराजित गर्यो । पोखरा जब्सले एम–१३ लाई ३–२ को कठिन जित निकाल्दा स्याङ्जा एफसीलाई पराजित गदैँ सिभिक कन्स्ट्रक्सनले ३–० को सहज जित निकाल्यो ।

ए–७ ब्रोदर्शलाई १–४ को फराकिलो गोलअन्तरले पराजित गदै गन्नी एफसी दोस्रो चरणमा प्रवेस गरेको छ । यस्तै इलाइट एफसीलाई १–३ को गोल अन्तरमा पराजित गदै एनके एफसी (ए)ले खेल जितेको छ । विमल एफसी खेलमा सहभागि नहुदाँ ८२९ फ्याम्ली स्वत दोस्रो चरणको लागि छनोट भएको छ ।

प्रतियोगिता अन्तरगत बुधबार दोस्रो चरणका खेल हुने आयोजक समितिका शम्सुुल हकले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् ।

नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।

१५ माघ २०८१, मंगलवार २२:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा