Play

भारतीय पेन्सन क्याम्प पोखराबाट गण्डकी प्रदेशमा बर्षेनी ३५ अर्ब पेन्सन वितरण हुने

एम्बुलेन्स, स्कुल बस, खानेपानी, बिजुली, शौर्य उर्जा र शिक्षा जस्ता क्षेत्रहरूमा भारतको सहयोग निरन्तर छ- प्रमुख प्रशान्त सिंह


गुरुकुल खबर


पोखरा, भारतको ७६ औं गणतन्त्र दिवसका अवसरमा भारतीय पेन्सन वितरण कार्यालय पोखराले आइतबार बिशेष कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रममा दिईएको जानकारी अनुसार पेन्सन वितरण कार्यालय पोखराले सन् २०२४ मा ३५ अर्ब रुपैया गण्डकी प्रदेश भित्र रहेका भूपूहरूको लागि पेन्सन वितरण गरेको थियो । पेन्सन बापतको उक्त रकम भूपु सैनिकहरुको बैंक खातामा पठाउने गरिएको छ ।

कार्यक्रममा भारतीय पेन्सन वितरण कार्यलय पोखराका प्रमुख प्रशान्त सिहं बघेलले विश्वमा बहादुरी, बफादारी र कर्तव्य निष्ठाको लागि प्रसिद्ध गोर्खाली सैनिक तथा उनका आश्रित परिवारलाइ सेवागर्दाको बखत एवम् सेवा निवृत भएपछि पनि उनीहरुको आबश्यकता पुरा गर्न उच्च प्राथमिकताका साथ् काम गर्दै आएको बताए ।

उनले भारतीय सेनाको इतिहासमा नेपालबाट सबै भन्दा धेरै गोर्खाली सैनिकको सहभागिता गण्डकी प्रदेशको विभिन्न जिल्लाहरूबाट भएको बताउँदै उहाँहरूले देखाएको बहादुरी र ईमान्दारीता प्रशंसायोग्य भएको उल्लेख गरे ।

भारत सरकारले नेपालमा रहेका भूपुहरूको लागी धेरै राम्रो राम्रो योजनाहरू लागु गर्दै आएको जानकारी दिंदै उनले
भारत सरकारले नेपालको शिक्षाका क्षेत्र सहित नेपालमा एम्बुलेन्स, स्कुल बस, खानेपानी, बिजुली, शौर्य उर्जा जस्ता क्षेत्रहरूमा निरन्तर सहयोग गर्दै आएको जानकारी गराए ।

समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आपसी विश्वास, सम्मान र सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए। गण्डकी प्रदेश भित्र शिक्षा, स्वास्थ्य, धार्मिक एवम् सांस्कृतिक लगायतका क्षेत्रमा भारत सरकार र मातहतका निकायबाट प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा प्राप्त सहयोग प्रति उनले आभार व्यक्त गरे । दुई देशबीचको सांस्कृतिक एवम् ऐतिहासिक सम्बन्ध हजारौं वर्षदेखिको भएको बताउँदै उनले यी विषय रामायाण, महाभारतमा समेत उल्लेख भएको बताए ।

सोहि कार्यक्रममा नेपाल भारतीय गोर्खा सैनिक बोर्डद्वारा प्रकाशित जर्नल भू.पू.-२०२५ लोकार्पण गरिएको थियो ।
कार्यक्रमका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै अमर प्राप्त गोर्खा सैनिकका सन्नतीलाई सम्मानका साथै विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थिय।

१३ माघ २०८१, आईतवार २२:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा