Play

बुटवलमा एक करोड बुझाएर रिहा भए रबि, पोखरा र काठमाडौँमा सहित बुझाए ‘सवा दुई करोड’ धरौटी

धरौटी बुझाएर निस्किंदै गर्दा रविले के भने ?


गुरुकुल खबर


बुटवल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एबम पूर्व गृहमन्त्री रवि लामिछाने रुपन्देही जिल्ला अदालतले भने बमोजिम एक करोड धरौटी बुझाएर रिहा भएका छन । लामिछानेले बैंक ग्यारेन्टीमार्फत रुपन्देही जिल्ला अदालतमा एक करोड धरौटी बुझाएका हुन्।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको हो । धरौटी माग्दा अदालतले प्राप्त प्रमाणबाट लामिछानेले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने आधार नदेखिएको निष्कर्ष निकालेको छ ।

“मिसिलमा संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम रु एक करोड नगद धरौट जेथा जमानत वा सर्तरहित (अन कन्डिसनल) बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नू । सो बुझाउन नसकेमा कानुनबमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागारमा पठाउनू,” आदेशमा भनिएको छ ।

यसअघि, कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतले पनि सोही आधार देखाएर लामिछानेसँग धरौटी माग गरेका थिए । कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौँ जिल्ला अदालतले ६० लाख सहित हालसम्म लामिछानेले दुई करोड २५ लाख  रुपैया धरौटी बुझाइसकेका छन । लामिछानेसंग जोडिएको सहकारी सम्बन्धि मुद्धा अब चितवन र बिरगंजमा समेत रहेको छ।

यसैबीच धरौटी बुझाएर निस्कने क्रममा लामिछानेले ‘मैले भन्नपर्ने कुरा केही छैन, म न्यायालयप्रति आभारी छु। भन्नपर्ने बेला आउँदा भनिहाल्छु । अहिले न्यायालयप्रति आभार व्यक्त गर्न चाहन्छु ’ भन्ने छोटो प्रतिक्रिया दिए। साथै, उनले देश विदेशबाट आफ्नो न्यायका लागि आवाज उठाउनेलाई धन्यवाद पनि दिएका छन् । ‘देश विदेशबाट मेरो न्यायको लागि आवाज उठाउने सम्पूर्णलाई मेरो धन्यवाद,’ रविले भने ।

१३ माघ २०८१, आईतवार २१:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा