Play

बगर भाइखलक यूकेको अधिबेशन सम्पन्न, ओमप्रकाश अध्यक्ष रहेको नयाँ समिति निर्बाचित

गुरुकुल खबर


बेलायत, पोखराको बगर भाइखलकका सदस्यहरु द्वारा बेलायतमा गठन गरिएको ‘बगर भाईखलक यूके’ को हालै सम्पन्न तेश्रो अधिबेशनले समाजको नयाँ कार्यसमिति निर्बिरोध निर्बाचित गरेको छ। नवनिर्वाचित समितिको अध्यक्षमा ओमप्रकाश गुरुङ, उपाध्यक्षमा चिज गुरुङ, सचिवमा अर्जुन गुरुङ, सहसचिवमा कुमार गुरुङ र कोषाध्यक्षमा भानु थकाली गुरुङ रहेका छन।

समितिको सदस्यहरूमा सूर्य गुरुङ, दीपक गुरुङ, जंगम गुरुङ, जय कुमार सेवा, हिटलर गुरुङ चयन भएका छन् भने मिडिया सेक्रेटरीमा मिलन तमु र विमल गुरुङ चुनिएका छन्।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई तमुधिं यूकेका उपाध्यक्ष एवम् ‘एन्फा एम्बासडर’ कमल कोने गुरुङले शपथग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेका थिए।

यसअघि अधिबेशनको उद्घाटन समारोहमा बोल्दै बगर भाइखलक यूकेका अध्यक्ष दिलरास गुरुङले आफ्नो कार्यकालमा नेपालबाट टीम ल्याएर गोर्खा कपमा सहभागी गराउनुका साथै नेपाल र इंग्ल्यान्डबीचको फुटबल खेल सफल पार्न समाजले खेलेको भूमिकाको बारेमा चर्चा गरे ।

कार्यक्रमका प्रमुख अतिथि तमुधिं यूकेका पूर्व अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ, विशिष्ट अतिथि सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ, तमुधिं यूके उपाध्यक्ष एवम् एन्फा एम्बासडर कमल कोने गुरुङ लगायतले नवनिर्वाचित कमिटीलाई बधाई र कार्यकालको शुभकामना दिएका थिए।

८ माघ २०८१, मंगलवार २०:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा