Play

आहारारा गोल्डकपमा हरेक दिन एकजना दर्शकलाई पांच हजार पुरस्कार दिईने

गुरुकुल खबर


पोखरा, आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हेर्ने दर्शकहरु मध्येबाट एक जना दर्शकले हरेक दिन पांच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सक्ने ब्यबस्था गरिएको छ। दर्शकले किनेको टिकट मध्ये गोलाप्रथाबाट एक जना दर्शकलाई पांच हजारको पुरस्कार दिनको लागि सहारा एफसी युकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले आबश्यक रकम सहारा क्लबलाई उपलब्ध गराउने भएका हुन।

यस सम्बन्धि सम्झौतामा मंगलबार सहारा क्लब पोखरामा आयोजित समारोहमा क्लबका अध्यक्ष केशवराज बराल र श्रेष्ठले हस्ताक्षर गरेको जानकारी प्रतियोगिता संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले गुरुकुल खबरलाई जानकारी दिए । युके निवासी श्रेष्ठलाई पोखरा आएको बखत क्लबले स्वागत सम्मान समेत गरेको थियो ।

यहि माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा हुने २४ औं संस्करणको सो प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् । तीमध्ये १० टिम टुंगो लागिसकेको छ । जसमा त्रिभुवन आर्मी क्लब, थ्रि स्टार, मछिन्द्र, नेपाल पुलिस क्लब, एपिएफ, संकटा, चर्च ब्वाइज युनाइटेड, एनआरटी, ब्रिगेड ब्याइज फुटबल क्लब युके र आयोजक सहारा क्लब पोखरा अनुबन्ध भएका हुन् ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद यु ट्यूब च्यानलबाट हुनेछ । त्यसवापत हाम्रो खेलकुदले क्लबलाई ५ लाख दिएर प्रसारणको सम्झौता गरेको आर्थिक उपसमिति संयोजक सुनील गुरुङले जनाए ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ तथा सहप्रायोजक चितवनको जयश्री फुड्स प्रालि हो ।

१ माघ २०८१, मंगलवार २०:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा