Play

माओबादीबाट लेखराज भट्टसंगै एमाले गएका पूर्व माओबादी नेताले छाडे एमाले

गुरुकुल खबर


धनगढी,  नेकपा एमालेका पार्टी सचिव समेत रहेका लेखराज भट्टको निर्वाचन क्षेत्र समेत रहेको कैलालीको गोदावरी नगरपालिका–२ मा ४६ जना संगठित सदस्यले नेकपा (एमाले) परित्याग गरेका छन्।

नगर कमिटी सदस्यसहितका कार्यकर्ताले पार्टीभित्र पटकपटक अपमानित हुनुपरेको, गुटबन्दीले पार्टी गतिविधिमा अवरोध पुर्‍याएको, र पूर्व माओवादी पृष्ठभूमिका कार्यकर्तालाई निरन्तर अपहेलना गरिएको भन्दै सामूहिक रूपमा राजीनामा दिएका हुन्।

सामूहिक राजीनामा पत्रमा लेखिएको छ, “तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि पनि हामी एमालेमै बसेका थियौं। तर, एमालेभित्र माओवादी पृष्ठभूमिका कार्यकर्तालाई बारम्बार अपमानित गरिनुका साथै महासचिव शंकर पोखरेललगायत नेताहरूले जनयुद्धका उपलब्धिहरूमाथि निरन्तर प्रहार गरेपछि यहाँ बसिरहन असहज भयो।”

उनीहरूले माओवादीले ल्याएको जनयुद्धकै जगमा गणतन्त्र, संघीयता, र समावेशिता स्थापना भएको स्मरण गराउँदै एमाले नेतृत्वको पछिल्लो व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

गोदावरी नगरपालिका–२ कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ। यो क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका थिए। बलायरले एमाले उम्मेदवार लेखराज भट्टलाई ३,५८४ मतान्तरले पराजित गरेका थिए। भट्ट पूर्व माओवादी नेता हुन्, जो नेकपा विभाजनपछि एमालेमा बसेका थिए।

विशेषगरी गोदावरी नगरपालिकामा एमालेभित्रको गुटबन्दी र असन्तुष्टिले पार्टी संगठनमा असर पुर्‍याउने अनुमान गरिएको महेन्द्रनगर पोस्टले  छापेको समाचारमा उल्लेख छ।

२२ पुष २०८१, सोमबार १३:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा