Play

‘नेपाली काँग्रेसको क्रियाशील सदस्यता चैतभित्र नबिकरण गरिसक्ने’ भन्ने निर्णय कार्यान्वयन होला त ?

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसले पार्टीका पुराना क्रियाशील सदस्यहरुको नबिकरणको टुंगो आगामी चैत मसान्तभित्र लगाउने निर्णय गरेको छ । पार्टीका महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता समितिको शुक्रबार बसेको बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको बुझिएको छ ।

महामन्त्री थापा नेतृत्वमा रहेको सदस्यता समितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रिया पनि वैधानिक र वैज्ञानिक बनाउन जातजाति, जनसंख्या र पार्टीको मत संख्याको आधारमा विज्ञहरूको समेत सुझाव लिने निर्णय गरेको छ  नयाँ क्रियाशील सदस्यता वितरण गर्न वैज्ञानिक बाटो अवलम्बन गर्ने निर्णय गरेको समितिका सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।  दलित, जनजाति, महिला, मुस्लिमलाई क्रियाशीलता सदस्यता लिन प्रोत्साहन गर्ने निर्णय सदस्यता समितिको बैठकले गरेको उनले बताए ।

उक्त समितिको बैठकलाई आधार मान्ने हो भने अब काँग्रेसको सदस्यता नबिकरणको प्रक्रिया जिल्ला जिल्लामा शुरु गर्नुपर्ने हुन्छ तर अहिले सम्म सदस्यता नबिकरणको प्रक्रिया खासै शुरु हुन सकेको छैन। पार्टीको केन्द्रले पठाएको क्रियाशील सदस्यताको कार्ड वितरण कार्य समेत अझै सम्म जिल्लाहरुमा पुरा हुन नसकेको अबस्थामा पुराना सदस्यहरुको नाबिकरणमा थप ढिलाई हुन सक्ने अनुमान गरिएको छ ।

यसका साथै महाधिबेशनको संघारमा मात्र सदस्यता नबिकरण एबम वितरण गरिने पुरानो परम्पराका कारण कतिपय सदस्यहरुको शुल्क पार्टीको कुनै जिम्मेवारीमा पुग्न चाहनेहरुले समेत बुझाउने गरेको थिए। तर अहिले महाधिबेशनको माहोल शुरु नभएको अबस्थामा सदस्यता नबिकरण वा नया सदस्यता शुल्क संकलनमा समेत कठिनाई हुन सक्ने पार्टीको तल्लो तहमा क्रियाशील नेताहरुको भनाई छ।

१९ पुष २०८१, शुक्रबार १६:२५ मा प्रकाशित
Nabintech