Play

दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी काठमाडौँमा, एक लाख बढी दर्शकले अबलोकन गर्ने

गुरुकुल खबर


काठमाडौँ,  नेपाल पुस्तक तथा सटेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ शुरु भएको छ। यहि पुष २१ गते सम्म चल्ने प्रदर्शनीको उद्घाटन पर्यटन तथा नागरिक उड्डेयन मन्त्री बद्रि पाण्डेज्यले गरेका थिए।

कार्यक्रममा चिनका राजदुत, महासंघका पूर्ब अध्यक्ष तथा पोखरा महानगरका नगरप्रमुख धनराज आचार्य, महासंघका पूर्ब अध्यक्ष तथा बागमती प्रदेश प्रदेश सभा सदस्य रघुनाथ महर्जन, कार्यक्रमका आयोजक मध्येका करेन्ट मीडियाका प्रबन्ध निर्देशक किरण गौतम, महासंघका निवर्तमान अध्यक्ष संजय कुमार चौधरी, सल्लाहकार समिती सभापती नवनिधी पन्त, संस्थापक अध्यक्ष कृष्ण प्रसाद पाण्डे लगायतले कार्यक्रमका बारेमा आआफ्नो भनाई राखेका थिए।

पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, दक्षिण एसिया क्षेत्रका भारत, बंगलादेश, श्रीलङका, क्यानाडा, इटाली, जिम्वावे, सहितका अधिकांश देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा १ सय ५० भन्दा बढी स्टलहरू राखिएका छन।

पठन संस्कृतिको विकास र प्रबर्द्दन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्य सहित काठमाडौँमा यस अघि २०८० को मंसिरमा पहिलो पुस्तक प्रदशनी भएको थियो । महासंघ र करेन्ट मिडिया दुबै संस्थाद्वारा गत वर्षदेखि सुरु गरिएको प्रदर्शनीलाई निरन्तरता दिँदै यस बर्षपनि पौष १७ गते देखि २१ गतेसम्म आयोजना गरिएको पुस्तक ब्यबसायी संघका उपाध्यक्ष ध्रुब पोखरेलले गुरुकुल खबरलाई जानकारी दिए । प्रदर्शनी पुस्तक र शिक्षासँग सरोकार राख्ने व्यक्ति र संस्थाका लागि आकर्षणको केन्द्र बन्ने  उनको भनाई छ।

पुस्तक प्रर्दशनी अबधिमा कास्कीका व्यवसायीहरु पनि सहभागी भएका छन । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघका अध्यक्ष गोविन्द गौतमका अनुसार पुस्तक प्रर्दशनीमा कास्कीका पुस्तक व्यवसायी, पाठक, लेखक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहनेछ। अध्यक्ष गौतमका अनुसार पुस्तक व्यवसायी, प्रकाशक, लेखक, पाठकका लागि उपयोगी हुने यो पुस्तक प्रदर्शनी करिव एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ।

’चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्री’को सिद्धान्त र आवश्यकतालाई आत्मसात गरी प्रर्दशनी आयोजना गर्न लागेको महासंघका अध्यक्ष शिव सागर शर्माले जानकारी दिए।

देश तथा विदेशका एक सय पचास भन्दा बढी प्रकाशक तथा उत्पादकहरूको जमघट हुने महासंघका महासचिव बिष्णु प्रसाद पौडेलले बताए । उनले भने ’प्रर्दशनीमा पुस्तकका साथै नेपालसहित विश्वका विभिन्न देशमा उत्पादित शैक्षिक सामग्री प्रदर्शनमा राखिने छ ।’

महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबिच शिक्षा, साहित्य, कला, संस्कृति र सञ्चारको आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास महासंघले लिएको छ।

महोत्सवमा नेपाल तथा अन्य देशको शैक्षिक, आर्थिक, सामाजिक तथा विभिन्न बिषय र क्षेत्रका विज्ञहरू बिच छलफल , बहस र अन्तरक्रिया समेत गरिने भएकाले सबैका लागि उपलब्धिमूलक बन्ने आयोजकको बिश्वास छ ।

प्रर्दशनीमा देशभरबाट पुस्तक तथा शैक्षिक सामग्रीसँग जोडिएका पांच हजार भन्दा बढी व्यवसायी र विदेशबाट एक सयभन्दा बढी पाहुनाहरु आउनुका साथै एक दर्जन भन्दा बढी देशका प्रकाशकहररूले प्रर्दशनीमा सहभागती जनाएको महासंघले जनाएको छ ।

१८ पुष २०८१, बिहीबार १०:२८ मा प्रकाशित
Nabintech