Play

राष्ट्रपति पौडेलद्वारा विभिन्न पांच मुलुकका नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ

गुरुकुल खबर


काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ गराएका छन ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच बुधबार राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन ।

राजदूतहरू प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रा. डा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

१७ पुष २०८१, बुधबार १२:३० मा प्रकाशित
Nabintech