पोखरा, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको १३ औँ साधारण सभा तथा सातौं अधिवेशनले संघको नयाँ कार्यासमिति चयन गरेको छ संघको कास्की शाखाको अध्यक्षमा ओमप्रकाश गैरेलाई चयन गरिएको हो । अध्यक्षका अर्का उमेद्वार विश्वकल्याण अधिकारीलाई पराजित गदै गैरे निर्वाचित भएका हुन्।
अधिवेशनले शाखाको उपाध्यक्षमा धनबहादुर शाही (सन्तोष) निर्बिरोध निर्बाचित भए भने सचिवमा सुरेन्द्र बरालले प्रतिद्वन्दी गणेश कार्कीलाई पराजित गरि निर्वाचित भए।
कोषाध्यक्षमा रुद्र गिरीलाई पराजित गदैँ देवबहादुर क्षेत्री निर्बाचित भएका छन।
उपाध्यक्ष पदमा मात्र सहमति भएको र सहमतिको आधारमा धनबहादुर शाहीलाई उपाध्यक्ष बनाइएको थियो ।
शाखाको कार्यसमितिको सदस्यहरुमा डम्बरबहादुर जिसी, बिक्रम बहादुर बस्नेत, राजन पन्थी र टंकराज बराल सर्वसम्वत चयन भएका छन् । निर्वतमान अध्यक्ष कार्यसमितिमा सदस्य रहने व्यवस्था अनुसार रमेशकुमार थापा सहित ९ सदस्यीय नयाँ कार्यसमिति बनेको छ ।
ईक्याँ कास्कीमा ५० वटा संस्था सदस्य रहेका छन । नयाँ समितिको कार्यकाल दुइ वर्षको हुने छ ।
इक्यान केन्द्रले शाखाको अधिवेशनका लागि पुष्पराज भट्टराईलाई प्रतिनिधि खटाएको थियो ।
इक्यानका अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इक्यानका पूर्व अध्यक्ष विष्णुहरी पाण्डे, इक्यान उपाध्यक्ष भुवन क्षेत्री, इक्यान कास्कीका पूर्वअध्यक्ष इबिन्द्रराज तिवारी र सल्लाहकार महेश पौडेलले आआफ्नो भनाई राखेको ईक्यान केन्द्रका उपाध्यक्ष गीतान्जली शर्माले गुरुकुल खबरलाई जानकारी दिईन ।
साधारण सभाले सचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गणेशबहादुर कार्कीको आर्थिक प्रतिवेदन पास गरेको छ ।